कीवर्डहरू -

टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू

टेक्नोलोजिकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबिसन आयोजना गरेका हौंः उमेश पनेरू

शुक्रबार अर्थात भोलि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले प्रोजेक्ट एक्जिबिसन कार्यक्रम आयोजना गरेको छ । पुस ३० गते बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म उक्त एक्जिबिसन सञ्चालन हुनेछ ।

उक्त एक्जिबिसनमा विद्यार्थीहरूले बनाएका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने छ । यसै सन्दर्भमा सो एक्जिबिसनमा कस्ता कस्ता प्रोजेक्ट प्रदर्शनीमा हुन्छन् ? यो किन आवश्यक छ ? लगायतका विषयमा एक्जिबिसनका योजनाकार तथा बीई आईटीको सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी उमेश पनेरू सँग आइसिटी समाचार ले गरेको छोटो कुराकानीको सम्पादित अंशः


पुस ३० गते तपाईहरूले प्रोजेक्ट एक्जिबिसन कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ । यो कस्तो खालको कार्यक्रम हो ?

यो एउटा टेक्नोलोजिकल एक्सपोजर कार्यक्रम हो । शुक्रबारको प्रोजेक्ट एक्जिबिसनमा सफ्वटवयेर, हार्डवेयर र सिभिलसँग सम्बन्धि विद्यार्थीले बनाएका प्रोजेक्ट प्रदर्शनीमा राख्ने तयारी छ ।

यसमा एनसीआईटी कलेजका विद्यार्थीले ४० प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ । यो विद्यार्थीलाई मोटिभेट गर्ने खालको कार्यक्रम हो ।

यस प्रदर्शनीमा कस्ता कस्ता प्रोजेक्ट प्रदर्शनीमा राखिन्छ ?

दैनिक जीवनमा आउने समस्याहरूलाई समाधान गर्ने प्रोजेक्ट प्रदर्शनीमा राखिने छ । तेस्रो, पाँचौं र सातौं सेमेस्टरका विद्यार्थीले बनाएका आईओटी, ई-कमर्स, डिजिटल, होम अटोमेसन लगायतका ४० प्रोजेक्ट प्रदर्शनीमा हुन्छन् । यसमा प्रदर्शनी मात्र नभएर अटोक्याड सफ्टवेयर प्रतिस्पर्धा समेत हुनेछ ।

एक्जिबिसन आयोजना गर्नुको उद्देश्य के हो ?

टेक्नोलोजीकल एक्सपोजरका लागि प्रोजेक्ट एक्जिबेसन आयोजना गरिएको हो । हामीले बाहिरबाट अतिथिहरू पनि बोलाएका छौं । उहाँहरूले पनि प्रदर्शनीमा राखिएका प्रोजेक्टको बारे सल्लाह सुझाव दिनुहुनेछ ।

मैले बनाएको प्रोजेक्ट मेरो लागि उत्कृष्ट हुन्छ तर त्यसलाई अरूले कसरी बुझ्छन् त्यसको बारेमा पनि थाहा पाउन सकिन्छ । विद्यार्थीलाई प्रेरित गर्न एक्जिबिसन राखेको हो ।

कोरोना महामारी पुनः उकालो लाग्न थालेको छ । यस्तो अवस्थामा एक्जिबिसन आयोजना गर्दै हुनहुन्छ । स्वास्थ्यका मापदण्ड कसरी पालना गर्नुहुन्छ ?

हामीले मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम अनिवार्य गरेका छौं । ठाउँ ठाउँमा स्यानिटाइजर राख्ने छौं भने मास्कका छुट्टै स्टलको व्यवस्था गर्नेछौं ।

त्यस्तै प्रोजेक्ट डेमोन्ट्रेसनमा पनि हामीले १० जना मात्रै मान्छे राख्छौं । यसरी हामीले स्वास्थ्यका मापदण्ड पालना गर्नेछौं ।