कीवर्डहरू -

प्रदेश २ मा पुस २७ देखि क्यान इन्फोटेक हुँदै, यस्ता छन् आकर्षण 

प्रदेश २ मा पुस २७ देखि क्यान इन्फोटेक हुँदै, यस्ता छन् आकर्षण 

वीरगञ्ज । क्यान महासंघले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गर्ने योजना ल्याएअनूरुप प्रदेश २ मा पुस २७ देखि ३० गतेसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशाेसिएसन विथ डाइनामिक टेक्नाेसफ्ट’ आयोजना हुने भएको छ । 

पर्साको वीरगञ्जस्थित नगर सभा गृह, आदर्शनगरमा हुने क्यान इन्फोटेकमा ७० भन्दा बढी स्टल रहने छन् । करिब ५० लाखको लागतमा सो इन्फोटेक हुने जनाइएको छ । 

प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिले परिकल्पना गरेको स्मार्ट सिटीका आधारभूत पूर्वाधारलाई मध्यनजर गर्दे क्यानले आइटी मेलाको आयोजना गरेको क्यान महासंघ पर्साका अध्यक्ष आलोक चौरासियाले बताए । 

मेलामा प्रमुख आकर्षणका रूपमा रोबोट, हार्डवेयर स्टल, सफ्टवेयर, थ्रिडी सो, भर्चुअल रियलिटी सो, स्मार्ट फोन, मोबाइल फोन, इन्टरनेट, अल्ट्रानेट र बच्चाका लागि प्लानिटेरियमलगायत आधुनिक युगमा विकसित तथा अपडेटेड प्रविधिको प्रदर्शनी हुनेछन् । 

इन्फरमेसन, कम्युनिकेसन र टेक्नोलोजी क्षेत्रमा भएका पछिल्ला विकासबारे उपभोक्ताले यस मेलामार्फत प्रत्येक दिन फरक खालका जानकारी पाउन सक्ने दाबीसमेत अयोजकले गरेको छ ।

मेलामा आइटीका इन्जिनियर तथा विशेषज्ञ र संघीय सांसददेखि जनप्रतिनिधिसँग आइटीलाई अगाडि बढाउने र सफ्टवेयर विकासबारे अन्तत्र्रिmयात्मक कार्यक्रमसमेत हुनेछ ।

करिब एक लाखभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।