कीवर्डहरू -

विद्युत प्राधिकरणले सात दिनभित्रमा नयाँ मिटर जडान गरिदिने

विद्युत प्राधिकरणले सात दिनभित्रमा नयाँ मिटर जडान गरिदिने

नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिने भएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिंगल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धता जनाएको छ।

प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिंगल फेजको मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र टिओडी नयाँ मिटर क्रमश १५ र ३० दिनभित्रमा जडान गरिदिने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइनको निर्माणलाई तिब्रता दिने लगायतका काममा केन्द्रित भएका छन् ।