नेपालको शिक्षा प्रणालीलाई डिजिटन बनाउने महत्वाकांक्षी योजनाका साथ अगाडि बढेको निमा एकेडेमी सन् २०१८ मा स्थापना भएको थियो ।
निमा एकेडेमीमा अहिले कक्षा १० सम्मका कोर्सहरू उपलब्ध छन् भने माथिल्लो तहका कोर्सहरू पनि राख्ने तयारी कम्पनीको छ । निमा एकेडेमीका कन्टेन्ट अफलाइनमा पनि डाउनलोड गरेर पढ्न सकिन्छ ।
निमा एकेडेमीले एकेडेमीकसँगै ननएकेडेमीक कोर्ष पनि राखेको छ । सन् २०२२ सम्ममा नेपाली विद्यार्थीहरुका लागि अन्तराष्ट्रिय स्तरबाट मान्यता प्राप्त कोर्षहरु उपलब्ध गराउने निमाको उदेश्य रहेको छ l
नेपालको परमपरागत शिक्षालाई डिजिटल बनाउन कम्मर कसेको निमा एकेडेमीले कसरी काम गरिरहेको छ ? के के योजना छन् ? लगायतका विषयमा निमा एकेडेमीका सीओओ नेहा जोशी सँग प्रज्वल नेपाली ले गरेको भिडियो कुराकानीः