कीवर्डहरू -

विश्वमा पहिलोपटक धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक

विश्वमा पहिलोपटक  धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक

काठमाडौ । लेक्सारले विश्वमा पहिलोपटक अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।लेक्सारले सार्वजनिक गरेकाे उक्त एसडी कार्ड काे क्षमता १ टेराबाइट अर्थात १ हजार गिगाबाइट रहेको छ । लेक्सारको १ हजार जिबीको मेमोरी कार्डको मूल्य ४ सय ९९ डलर ९९ सेन्ट तोकिएको छ । अमेरिकी बजारमा लेक्सारकाे यो मेमोरी कार्ड उपलब्ध भैकसेको छ ।

मेमाेरी कार्डकाे बजारमा प्रायः किंग्स्टन, सानडिस्क, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले आफ्नाे प्रभुत्व जमाएका छन। सान डिस्कले गत वर्ष १ टिबीको पेन ड्राइभ बजारमा ल्याएको थियो भने सान डिस्कले यो वर्ष विश्वकै पहिलो ४ टिबी क्षमताको पेन ड्राइभ ल्याएको छ । तर एस डी कार्डतर्फ भने यसले १ टिबी पूराउन सकेको थिएन । लेक्सारले १५ बर्ष अघि १ जिबि काे मेमाेरी कार्ड ल्याएकाे थियाे। यसले १५ बर्षमा आफ्नाे मेमाेरी कार्डकाे क्षमता १ हजार गुणाले बढाउन सफल भएकाे छ।