कीवर्डहरू -

सामसङ्ग प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

सामसङ्ग प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

काठमाडौं । सामसङ्ग प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नँया सामसङ्ग एलईडी टिभीसँग साट्न सकिने छ ।


यो योजना पुष २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइने छ । यो योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ्ग प्लाजामा र नँया बजारको सामसङ्ग प्लाजामा मात्र लागू गरिएको छ । ग्राहकहरुले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्नु हुन्छ र आफ्नो मनपर्ने खेल, फिल्म, सिरिज र अन्य प्रोग्रामको मज्जा नँया सामसङ्ग एलईडी टिभीबाट लिन सक्नु हुन्छ ।