कीवर्डहरू -

नेपालमा ओप्पो एफ९ जेड ग्रिन एडिसन सार्वजनिक

नेपालमा ओप्पो एफ९ जेड ग्रिन एडिसन सार्वजनिक

काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पो स्मार्टफोनको एफ९ अन्तर्गत नयाँ लिमिटेड एडिसन सार्वजनिक गरेको छ । पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओप्पो एफ९ का लागि प्राप्त सफलता पछि कम्पनीले नयाँ रंग जेड ग्रिन लिमिटेड एडिसनको रुपमा फोन सार्वजनिक गरेको हो ।


यो सेतो र हरियो रङ्गको समिश्रणमा रहेको छ । यसमा मिडियाटेक हेलियो पि६० प्रोसेसरको साथमा ४ जीबी र्याम र एक्सपान्डेबल ६४ जीबी स्टोरेजको रहेको छ । यसमा सेल्फी क्यामेरा २५ मेगापिक्सल र २ एमपि डेप्थ सेन्सरसहितको १६ मेगापिक्सल मुख्य क्यामेरा रहेको छ । यसमा भोक फास्ट चार्जिङ प्रविधिको प्रयोग गरीएको ३५०० एमएच ब्याट्री रहेकोे छ । प्रयोगकर्ताद्वारा गरिएका प्रयोग तथा परिक्षणमा भोक फ्ल्याश चार्जले, मात्र ५ मिनेटको चार्जमा धेरै लामो टकटाइम दिने प्रमाणित भइसकेको छ । यसको नेपाली बजार मूल्य रु. ४१,५९० निर्धारण गरिएको छ ।