कीवर्डहरू -

कोभिड–१९ ले ल्याएको केहि प्राविधिक तरङ्ग

कोभिड–१९ ले ल्याएको केहि प्राविधिक तरङ्ग

यो महामारीले विश्वभरिनै डिजिटल युगको आयाम ल्याएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने तर जनजीवनलाई भएसम्म सामान्यनै राख्नुपर्ने बाध्यताले अत्याधिक मात्रामा मानिसको झुकाव डिजिटल उपकरण तर्फ मोडिएको छ । 
    
१ डिजिटल र अनलाइन भुत्तानी 
न्गदबाट किनमेल गर्दा पनि भाइरसको सङ्क्रमण बढ्न सक्ने डर हँुदा धेरै राष्ट्रहरु जस्तै अमेरिका , दक्षिण कोरिया , चीन आदिले डिजिटल भुक्तानीको विचारलाई अघि सार्दै बैँकको नोटलाई भाइरस मुक्त पारेर मात्रै वितरण गर्दै आएको छ । बैँकको कार्ड, ई – वालेट जस्ता प्रविधिको प्रयोगबाट सङक्रमण जोखिम कम पार्न सकिने मानिएको छ । यसले अनलाइन किनमेलमा पनि मददत पु¥याउने गरेको छ । तर विश्वबैँकको अनुसार १७० करोड भन्दा बढी मानिसको बैँकमा खाता खोलिएको छैन् र धेरैको पहँुचमा प्राविधिक सामाग्री पनि आइपुगेको छैन् ।

२ अनलाइन किनमेल र रोबोट द्वारा वितरण 
कोभिड–१९ को महामारी आएसँगै व्यापार क्षेत्रलाई पनि यसले ठूलो क्षति पु¥याएको छ । पहिले अनलाइन व्यापार हुँदा राम्रो मानिने तर यो अत्यावश्यक भने बन्न पुगेको थिएन । तर अहिले समयको मागसँगै हिँडदा , किनमेल गर्नको निम्ति अनलाइन व्यपारीलाई नै प्राथमिकता दिइएको छ । सामान वितरण का लागि भने धेरै देशले रोबोटिक प्रविधिलाई अघि सारेको पनि पाइएको छ । मानिसलेनै विक्रिवितरण गर्दा यो महामारी अझै फैलिन सक्ने डरले यस्तो कदम चालिएको हो ।


३ घरनै आफिस 
धेरै जसो कम्पनीले आप्ःनो कर्मचारीलाई घरबाटै काम गर्न लगाएका छन् । टाढा बसेर काम गर्नुपर्ने हुँदा क्लाउड प्रविधि, भर्चुअल बैठक तथा थुपै्र एप्सको प्रयोगले यसलाई सम्भव पारिएको छ । घरबाटै काम गर्दा समयको बचत र काममा सुदृधीकसण ल्याउन सकिएको छ । तर सूचनाको गोपनिएता र सुरक्षामा भने यसले प्रश्न चिहन् खडा गरेको छ । उचित प्रोटोकोल लागु गर्ने हो भने यसलाई सदुपयोग गर्न सकिने छ । 


४ घरबाटै अधययन 
बालबालिकाहरु जेखिमको उच्च नापमा हुने भएकाले मध्य अप्रिल बाटनै १९१ राष्ट्रहरुले हरेक शेैक्षिक संसथालाई बन्द गर्न लगाएको छ । शेैक्षिक अवरोधलाई कम गर्न को लागि अनलाइन एप्स, क्लाउड प्रविधि, भर्चुअल बैठकको प्रयोगगरी पठनपाठन गर्न थालिएको छ ।


५ टेलिहेल्थ 
 आफ्नै घरमा बसेर बोट प्रयोग गरेर स्वास्थको अवस्था बारे जानकारी लिने हेतुले विभिन्न एप्सहरुको विकास गरिएको छ । यी कुराकानी गर्ने च्याट बोटले हामे्रा लक्षणहरु ह्ेरेर रोगको पत्ता लगाउन सक्छन । थुपै्र महत्व राख्ने भएतापनि सबै मानिसको पहुँचमा यो परेको छैन् ।
 
६ अनलाईन मनोरञ्जन  
मनिसहरुको बिचको आपसी दूरी बढाई दिएको यो महामारीले एक अर्का सँग भेटघाट गर्न त रोक्नै लगाईदिएको छ , तर पनि मानिसले मनोरञ्जन को उपाय खोजिहाल्ने हुदाँ थुपै्र देशका गायक तथा कलाकारले अनलाइन नै कन्सर्ट गर्ने , गीत गाउने , लाइभ स्ट्रीम गर्न र फिल्म निकाल्ने समेत गरेका छन् । 


७. थ्री– डी प्रिन्टिङ 
आपूर्ति दलको समस्याको रोकथाम  गर्न का लागि थ्री– डी प्रिन्टङग प्रविधिको विकास गरिएको हो । यसले थोरै ‘समयमा 
धेरै उत्पादन गर्न सक्छ र उत्पादन खर्च पनि घटाउने गर्दछ । यसले खपत गरेको सामानको बर्बादीलाई कम गर्छ ।


८. रोबोटिक्स र ड्रोन     
मानवीय सम्पर्क सकेसम्म घटाउनु पर्ने हुँदा क्वरेंटिनमा राखिएको बिरामीलाई खानेकुरा, औषधी पु¥याउने काममा रोबोटहरुको प्रयोग गर्न थालिएको छ । किटाणु शोधन गर्नका लागि पनि रोबोटकै प्रयोग हुँदै आएको छ । ड्रोनले पनि सामान पु¥याउन , कुकुरलाई बाहिर घुमाउन समेतका  लागिै प्रयोग  गरिएको छ । 


९.  फाइभ– जी र सूचना तथा संचार प्रविधि 
माथि बताइएको हरेक प्रविधिको प्रयोगका लागि राम्रो स्पीड र स्तिर इन्टरनेट सेवाको आवश्यकता हुन्छ। फाइभ– जीको प्रयोग एकदमै महत्वपूर्ण हुन थालेको छ । गुणस्तरीय इन्टरनेट चाहिने हुँदा पनि यसले खर्च बढाउने अनुमान गरिएको छ । 
महामारीले गर्दा आर्थिक तथा सामाजिक प्रभावहरु ब्ढेता पनि डिजिटल क्षेत्रमा भने यसले नयाँ उज्जवल भविष्यको रचनाको लागि बाटो खोलिदिएको छ ।