बिबिके इलेक्ट्रनिक्सको स्वामित्वमा रहेको भिभो कम्युनिकेसन टेक्नोलोजी चिनियाँ टेक्नोलोजी कम्पनी हो । यसले स्मार्टफोनहरु, स्मार्टफोनहरुको सामान, सफ्टवेयर निर्माण र अनलाइन सेवाहरु प्रदान गर्दछ ।
नेपालमा भिभोको बिक्री सन् २०१७ नोबेम्बर २३ बाट सुरुवात भएको थियो । हालसम्म नेपालमा रहेका भिभोको स्मार्टफोनहरु भिभो भि७, वाइ५३, वाइ६५, भि९, भि९ यूथ, वाइ७१, भि११, भि११ प्रो, वाइ८५, वाइ८१, वाइ८१ आइ रहेका छन् ।
भिभोको नेपालमा केन्द्रिय वितरक काठमाडौँ, भक्तपुर, न्यूरोड, नारायणघाट, जनकपुर, वीरगञ्ज, ललितपुर, पेप्सीकोला, बालाजु, हेटौंडा र कलंकीमा रहेको छ ।
त्यस्तै पश्चिमको वितरकहरु धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, बुटवल, दाङ र बेनीमा रहेको छ । त्यस्तै पूर्वतर्फ विर्तामोड, इटहरी, विराटनगर, धरान, लाहान र दमकमा रहेको छ ।
भिभोले वाइ९१, भिभो वाइ९१ आइ र भिभो वाइ९५ को नयाँ मोडल २०१९मा नेपालमा ल्याउने योजनामा रहेको छ ।
भिवोले २०१९ मा पूर्व र पश्चिममा आफ्नो बजार बिस्तार गर्ने र राम्रो रणनीतीहरु ल्याउने योजना रहेको जनाएको छ ।