कीवर्डहरू -

एनएफटीः भविष्यको डिजिटल स्वामित्व

एनएफटीः भविष्यको डिजिटल स्वामित्व

अब विश्व वेब ३.० तर्फ अघि बढ्दै छ । वेब ३.० इन्टरनेटको तेस्रो पुस्ता हो । यसलाई स्मार्ट वेब पनि भनिन्छ । वेब ३.० मा सिम्यान्टिक वेब हुने गर्दछ । सिम्यान्टिक वेबले कन्टेन्ट बनाउन,सेयर गर्न र कनेक्ट गर्न वेब प्रविधिलाइ विकास गर्ने गर्दछ ।

प्रयोगकर्ताको माग पूरा गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स पनि बढी बौद्धिक हुनेछ । वेब ३.० मा वेबसाइटहरुमा पर्याप्त मात्रामा थ्रिडी ग्राफिक्सहरुको प्रयोग गरिनेछ ।

वेब ३.० ब्लकचेनमा आधारित हुनेछ । सबै कुरालाई डिजिटलमा परिणत हुनेछन् । ब्लकचेनमा प्रविधि आधारित एक प्रविधि हो, नन फन्जिबल टोकन (एनएफटी)।

शुरूमा बुझौं ब्लकचेन प्रविधि भनेको के हो  ?

\"\"

ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु) बीचको नेटवर्क हो । सन् २००८ को अक्टोबरमा बिटक्वाइनको प्रपोजलको एक भागको रुपमा यसलाई परिचित गराइयो । ब्लकचेनभित्र विभाजित डाटाबेसहरु हुन्छन् ।

अर्थात् धेरैवटा कम्प्युटरहरुमा डाटाबेस धेरैवटा कपीमा अवस्थित हुन्छन् । र, तीनै कम्प्युटरहरुले पियर टु पियर नेटवर्क सिर्जना गर्दछन् । यसको मतलब यहाँ डाटाबेस तथा सर्भर सिंगल अथवा सेन्ट्रलाइज्ड हुँदैन । बरु ब्लकचेन डाटाबेस मेसिनको नेटवर्कभित्र छरिएर रहेको हुन्छ । त्यस्तै हरेक डाटाबेसले त्यो नेटवर्कमा नोडको भूमिका निर्वाह गर्ने गर्दछन् ।

ब्लकचेनमा ट्रान्जेक्सन पब्लिक कि क्रिप्टोग्राफीको प्रयोगद्वारा डिजिटल्ली साइन गरिएको हुन्छ । पब्लिक कि क्रिप्टोग्राफीले पब्लिक र प्राइभेट गरी दुईवटा कीको प्रयोग गर्दछ, जसले यसलाई बलियो बनाउँछ ।

पब्लिक कीको प्रयोग पठाइएका मेसेजहरु साइन र इन्क्रिप्ट गर्न प्रयोग गरिन्छ र ट्रान्जेक्सन मेसेज प्राप्त गर्नेले प्राइभेट कीको प्रयोग गरेर उक्त प्राप्त भएको मेसेजलाई डिक्रिप्ट गर्ने काम गर्दछ ।

ब्लकचेन डाटाबेसको विभाजित प्रकृतिको कारणले नयाँ ट्रान्जेक्सनका सम्पूणर् डाटाहरु नेटवर्कको प्रत्येक नोडहरुमा प्रसारित गरिन्छ । फलस्वरुप ब्लकचेन एउटा ‘वर्ल्डवाइड लेजर’का रुपमा सिंक भइरहन्छ ।

नन फन्जिबल टोकन (एनएफटी) भनेको के हो ?

\"\"

नन फन्जिबल टोकन (एनएफटी) भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।

यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । अरु मान्छेहरुले स्क्रीनसट लिने, ट्वीट वा डिजिटल कपी निःशुल्क डाउनलोड  गर्ने जस्ता कार्य गर्न सक्छन् तर स्वामित्व अधिकारको डिलिटल कपी एनएफटीको मालिकसँग मात्रै हुने गर्दछ ।

कन्टेन्ट हराउने, बिग्रिने वा डिलिट हुने जे भएता पनि ब्लकचेनमा कुनै पनि एनएफटी सुरक्षित रुपमानै रहने गर्दछ । यसमा प्रयोगकर्ताहरुले आर्टवर्कनै खरिद गर्ने भन्ने चाहिँ हुँदैन्, केबल यसमा प्रयोगकर्ताहरुले कुनै निश्चित कन्टेन्टलाई प्रतिनिधित्व गर्ने टोकनमात्रै खरिद गरेका हुन् ।

\"\"

यो टोकन आर्टवर्क भन्दा पनि बढि दुर्लभ हुने गर्दछ । बिटकोइन फन्जिबल हुने गर्दछ यो नन फन्जिबल टोकन भएका कारणले कुनै अरु कुरासँग बदलिन सकिदैन् । यो एक ईथेरियम ब्लकचेनको हिस्सा हो ।

कुनै पनि डिजिटल कुरा जस्तो ड्रइङ, म्यूजिक वा मस्तिष्कबाट डाउनलोड गरेर एआईमा परिणत गरिएको चिज एनएफटी हुनसक्छ । अहिले धेरैजसोले प्रविधिलाई प्रयोग गरेर डिजिटल आर्ट बिक्री गर्न खोज्ने गर्दछन् ।

हालैमा किंग्स अफ लेयन पूर्ण रुपले एनएफटी एल्बम निकाल्ने पहिलो ब्याण्डको रुपमा आएको छ । ग्राइम्सले पनि एनएफटीमा आधारित आर्ट २० मिनेट भित्रमै बिक्री गरेको थियो ।

एनएफटीका फाइदा

\"\"

यसले तेस्रो पार्टीको संलग्नताद्वारा हुन सक्ने सम्भावित जोखिमको न्यूनीकरण गर्दछ । एनएफटी भरपर्दो तथा टिकाउ ब्लकचेनमा विभाजित नेटवर्क भएका कारण सेन्ट्रल पोइन्ट फेलियर तथा म्यालिसियस अट्याक थेग्न सक्छ ।

यसको लेयर ट्रान्जेक्सन कस्ट र लो ट्रान्जेक्सन फी हुने गर्दछ । यसले मल्टिपल लेजर प्रयोग गरिरहनुपर्ने जटिलतालाई घटाउँछ । त्यस्तै यसले तपाईको डिजिटल ओनरसीप कसैलाई पनि चोरी गर्न दिदैन् ।

के एनएफटी सम्पूर्ण रूपले सुरक्षित छ ?

\"\"

केही समयअघि ह्याकरहरुले एनिमोका नामक खेलकुद नन फन्जिबल टोकन (एनएफटी) प्लेटफर्मबाट २ अर्ब नेपाली रुपैयाँ चोरी गरेका थिए । डेटाब्रिच गरेर ह्याकरहरुले यति रकम चोर्न सफल भएका हुन् ।

ह्याकरहरुले कम्पनीको हट वालेटमा कनेक्ट गरेर पैसा चोरेका थिए । हट वालेटलाई क्रिप्टोकरेन्सी पठाउन र पाउनका लागि एनिमोका ब्राण्डले प्रयोग गर्ने गर्दछ । एनिमोकाले खेलाडीहरुको वास्तविक एनएफटी बनाउने काम गर्दछ ।

एनएफटीमा केही चोरीका घटनाहरु पनि रहेका छन् तर धेरैजसो समय यसमा तपाईको डिजिटल एसेट सुरक्षितनै रहने गर्दछ ।

डिजिटल स्वामित्वको भविष्य के छ ?

पहिले हामी हाम्रो घरमा भौतिक एल्बम, डिभिडी वा कम्प्यूर गेम राख्ने गर्दथ्यौँ, अब सबै भौतिक कुरालाई डिजिट वस्तुहरुले प्रतिस्थापन गर्दैछ । हाम्रो सजिलोका लागि यो चलन हामीले झनै बढाउँदै गएका छौँ । एनएफटी लामो समयका लागि रहन आएको ट्रेन्डनै देखिन्छ ।

बास्केटबल गेममा एनबिएले हाईलाईट भिडियो विक्री गर्नका निम्ति एफएफटी प्रयोग गर्न थालिसकेको छ । संगीतकारहरुले पनि रोयल्टीलाई अपग्रेड गर्नका लागि एनएफटीकै प्रयोग गर्न थालेका छन् ।

ट्वीटरका संस्थापक तथा भूतपूर्व सिईओ ज्याक डोर्सीले पनि आफ्नो पहिलो ट्वीट एनएफटीकै माध्यमले विक्री गरेका थिए । यसैले हाम्रो भौतिक संसार डिजिटलमा परिणत हुँदैछ भनेर प्रमाण दिन्छ ।

(एजेन्सीहरुको सहयोगमा )