कीवर्डहरू -

आविष्कार केन्द्रमा बन्यो प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचर बनाउन सकिने मेसिन

आविष्कार केन्द्रमा बन्यो प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचर बनाउन सकिने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रले प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेसिन विकास गरेको छ ।

केन्द्रले प्लास्टिक फोहरलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर विभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेसिन तयार गरेको हो । 

आविष्कार केन्द्रमा बजारमा संकलन गरिएका प्लास्टिकका फोहरहरुलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर बिभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मशीन तयार भएर परीक्षण भइसकेको केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले जानकारी दिएका छन् । 

प्लास्टिक फोहरलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर विभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेसिन केही गाउँपालिकाहरूले यसअघि नै अर्डर गरिसकेका छन् । 

अर्डर गर्न चाहनेले बुकिङ्गका लागि आविष्कार केन्द्रमा 9841222498 मा सम्पर्क गर्न सकिने पुनले जनाएका छन् ।