कीवर्डहरू -

ट्रुकलरमा नयाँ एआई फिचर, स्प्याम कल रोक्न थप सहज हुुने

ट्रुकलरमा नयाँ एआई फिचर, स्प्याम कल रोक्न थप सहज हुुने

ट्रुुकलरले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित म्याक्स फिचर ल्याएको छ । नयाँ एआई फिचरले स्वचालित रूपमा सबै स्प्याम कलहरू ब्लक गर्ने र स्प्यामरहरू विरुद्ध राम्रो सुरक्षा प्रदान गर्नेछ । 

यो सुविधा एन्ड्रोइड एपमा मात्र उपलब्ध छ । स्प्याम कलहरूको लागि नयाँ म्याक्स सुरक्षा फिचर थपिएको हो । म्याक्स फिचर प्रयोग गर्न शुल्क तिर्नुपर्नेछ । 

प्रिमियम सुविधाको रूपमा कम्पनीले म्याक्स ल्याएको हो । कम्पनीले स्प्यामको मात्रा निर्धारण गर्न दर्जनौं एल्गोरिदम परीक्षण गरेको र फिचर कार्यान्वयन गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली प्रयोग गरेको जनाएको छ । 

कम्पनीले यो सुविधालाई सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया प्रयोग गरेको र भविष्यमा पनि निरन्तरता दिने बताएको छ ।