कीवर्डहरू -

बेटिङ एप्लिकेसनमार्फत २ अर्ब बढी कारोबार गर्ने व्यक्ति पक्राउ

बेटिङ एप्लिकेसनमार्फत २ अर्ब बढी कारोबार गर्ने व्यक्ति पक्राउ

वानएक्स बेट, जुवा ३६५, क्रिप्टोमार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ एप्लिकेसन वानएक्स बेट, जुवा ३६५, क्रिप्टोमार्फत २ अर्ब बढीको कारोबार गर्ने काभ्रेका २४ वर्षिय अनिल ढुंगानालाई पक्राउ गरेको हो ।

सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टोकरेन्सी ट्रेड गर्ने सक्रिय एजेन्ट रहेको भन्ने प्राप्त सूचनाको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।

विभिन्न व्यक्तिहरूको नाममा रहेका मोबाईल नम्बरहरुबाट ११ वटा कनेक्ट आईपीएस अकाउन्ट, १५ वटा इसेवा वालेट अकाउन्ट लगायत सोही अकाउन्टहरूमा लिंकअप भएका ५६ वटा बैक खाता गरी हाल सम्म २ अर्ब १ करोड अठार लाख चवालिस हजार एक सय दुई रूपैयाँ बराबरको कारोबार गर्ने कार्यमा ढुंगाना संलग्न रहेका थिए ।

उनलाई नेपालको प्रचलित कानुन बमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ४ र सोहि संहिताको दफा १६२ (क) १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको छ ।