कीवर्डहरू -

भिसाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

भिसाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

भिसाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीर तीन देशको कन्ट्री म्यानेजर नियुक्त भएका हुन् । 

नेपालमा बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ । भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा क्युआर कोड स्क्यान गर्न र भिजा कार्ड मार्फत भुक्तानी गर्न सहज बनाएको छ । 

भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभर डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ । भिजाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले उपभोक्ता र व्यवसायहरूका लागि नवीनतम भुक्तानी समाधान ल्याउने बताए । 

सब्बीर अहमद स्ट्यान्डर्ड चार्टर्ड बैंक, बंगलादेशबाट भिजामा सामेल भएका थिए, जहाँ उनले वेल्थ एण्ड रिटेल बैंकिङको प्रबन्ध निर्देशक र प्रमुखको रूपमा सेवा गरेका थिए । यसअघि, उनले बंगलादेश र भियतनाममा HSBC मा वरिष्ठ नेतृत्व पदहरू सम्हालेका थिए र ब्रिटिश अमेरिकन टोबाको (BAT) को लागि काम गरेका थिए ।