सनवे कलेजले एआईमा निःशुल्क पाँचदिने वर्कशप दिने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले एआई सम्बन्धी पाँचदिने वर्कशप आयोजना गर्न लागेको हो ।
वर्कशप वैशाख ३१ गतेदेखि पाँचदिनसम्म सञ्चालन हुनेछ । पाँच दिने वर्कशपमा एआईको आधारभूत अवधारणाहरू लाई प्रयोगात्मक रुपमा सिकाइने बताइएको छ ।
विद्यार्थीहरूले प्रत्यक्ष रुपमा प्रयोगात्मक शैलीबाट एआईका विभिन्न टुल्ससंग खेल्न पाउने र संगै संलग्न भएर कम गर्ने छन् ।
आई भाषाका मोडेलहरुबाट नयाँ र अद्भुत नतिजा निकाल्ने प्रम्प्ट तरिका सिक्न पाउने छन् भने प्रत्यक्ष संलग्न भएर विद्यार्थीहरूले चालक बिहिन गाडी (रोबोटिक भेइकल) बनाउने जस्ता गतिबिधमा आफुलाई निखार्न पाउने अवसर प्राप्त गर्ने कलेजको दावी छ ।
विद्यार्थीहरूले थुप्रै यस्ता रचनात्मक कार्यहरु वर्कसप मार्फत सिक्न पाउने र एआईको प्रयोगलाई आफ्नो दैनिक जीवनमा उतार्न सक्ने यो पाँच-दिने वर्कसप विद्यार्थीको सिकाईको लागि कोशे ढुंगा स्थापित हुने कलेजको भनाइ छ ।
यस वर्कसपमा सहभागी सम्पूर्ण विद्यार्थीहरुले अन्तिम दिनमा प्रमाणपत्र समेत प्रदान गरिने छ । यो पाँच-दिने एआई वर्कसप नि:शुल्क संचालन हुने र विद्यार्थीहरु जुनसुकै संकाय (विज्ञान, व्यवस्थापन, मानविकी) बाट सबै जनाले भाग लिन पाउने छन् ।
वर्कशपमा सहभागी भएर सनवे कलेज काठमाण्डौले चार वर्षे एआई कोर्षमा १०० प्रतिशतसम्म छात्रवृत्ति दिने जनाएको छ । यस पाँच दिने वर्कशपमा सहभागी हुन यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।