कीवर्डहरू -

एलन मस्कको न्यूरालिंक ब्रेन चिप प्रयोग गरेर पक्षाघात भएका मानिसले खेले भिडियो गेम

एलन मस्कको न्यूरालिंक ब्रेन चिप प्रयोग गरेर पक्षाघात भएका मानिसले खेले भिडियो गेम

एलन मस्कको कम्पनी न्युरालिङ्कले सफलताको कीर्तिमान कायम गरेको छ । न्युरालिंकले एउटा भिडियो सेयर गरेको छ, जसमा एक व्यक्तिले खेल खेलिरहेको देखिन्छन् र उनी सोचेर भिडियो गेम खेलिरहेका छन् ।

व्यक्तिको दिमागमा न्युरालिंक चिप इन्स्टल गरिएको छ । यो भिडियोका व्यक्ति भिडियो गेम र अनलाइन चेस दिमागमा सोचेर मात्रै खेल्न सकिरहेको देख्न सकिन्छ ।

न्यूरालिंक मस्कको ब्रेन टेक्नोलोजी स्टार्टअप हो । न्यूरालिंकले ती बिरामीहरूलाई पनि सक्षम पार्ने लक्ष्य राखेको छ, जो पूर्ण रूपमा केहि गर्न असमर्थ छन् । न्युरालिङ्कको चिपको सहायताले मानिसले सोचेर मात्रै धेरै काम गर्न सक्छन् र उसको सोच कम्प्युटरमा देख्न सकिन्छ ।

सर्भाइकल स्पाइनल कर्ड इम्पेयरमेंट वा क्वाड्रिप्लेजिया जस्ता गम्भीर शारीरिक समस्या भएका बिरामीहरूसँग कम्पनीले काम सुरु गर्ने मस्कले बताए ।

भिडियोमा देखिएका व्यक्ति नोल्याण्ड अर्बाङका बासिन्दा हुन् । उनी कम्प्युटरमा चेस र गेम सिभिलाइजेसन सिक्स खेल्ने बारे सोच्दै गरेको देखिन्छन् । 

न्युरालिङ्कको चिपले उनको जीवन परिवर्तन गरेको ती व्यक्तिले बताएका छन् । अर्बाङ २९ वर्षका हुन् र उनको दुर्घटनामा स्पाइनल कर्डमा चोट लागेको थियो, त्यसपछि उनी ८ वर्षदेखि ओछ्यानमै छन् । न्युरालिङ्कले यो ब्रेन चिप कम्पनी मात्र नभएर कर्सरलाई सोचेर नियन्त्रण गर्ने यन्त्रहरू बनाउने कम्पनी भएको दाबी छ ।

 

https://t.co/OMIeGGjYtG

— Neuralink (@neuralink) March 20, 2024