एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी गुप्तचर एजेन्सीका लागि जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्ने भएको छ । जासुसी स्याटेलाईटको नेटवर्क विकास गर्नका लागि स्पेस एक्स र जासुसी संस्थाबीच १.८ बिलियन अमेरिकी डलरको सम्झौता भएको हो ।
यो सम्झौताले एलन मस्कको कम्पनी स्पेसएक्स र अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीहरू बीचको सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । यो सम्झौता स्पेसएक्स र अमेरिकी गुप्तचर एजेन्सी बीच सन् २०२१ मा हस्ताक्षर गरिएको रोइटर्सले विभिन्न स्रोहरूलाई उद्रित गर्दै लेखेको छ । सम्झौता अनुसार लो अर्बिटमा काम गर्न सक्ने अर्थ इमेजिङ क्षमतासहितको शक्तिशाली सयौं स्याटलाइट विकास हुनेछन् ।
जासुसी स्याटेलाइट विकासको जिम्मेवारी स्पेस एक्सको स्पेस सेक्युरिटी (स्टारशिल्ड) विभागलाई दिइएको छ । अमेरिकी रक्षा विभाग (पेन्टागन) ले पृथ्वीको तल्लो वायुमण्डलमा परिक्रमा गर्ने उपग्रह प्रणालीमा धेरै पैसा लगानी गरिरहेको छ । यी उपग्रहहरूको उद्देश्य भूमि सेनाहरूलाई मद्दत गर्नु रहेको छ ।
यी उपग्रहहरूले जमिनमा रहेका चीजहरू ट्र्याक गर्न सक्छन् र यो जानकारी अमेरिकी गुप्तचर एजेन्सी र सेनाका अधिकारीहरूलाई दिन सक्छन् । अमेरिकाले अब संसारको लगभग कुनै पनि ठाउँबाट लगातार फोटो खिच्न सक्नेछ, जसले तिनीहरूलाई जासुसी र सैन्य कारबाहीमा मद्दत गर्नेछ ।