फोटो सेयरिंग एप इन्स्टाग्राममा अर्बौं क्रियटरहरू छन्, जसले हरेक दिन विभिन्न प्रकारका सामग्रीहरू सिर्जना गर्छन् । यद्यपि इन्स्टाग्राम फोटो सेयरिङ एप हो तर रिल्स सार्वजनिक भएपछि यो सर्ट भिडियो एप बनेको छ ।
इन्स्टाग्राममा लामो समयदेखि अरिजिनल कन्टेन्ट क्रियटरहरूको साटो सामग्री कपि गर्नेहरूलाई बढी फाइदा मिल्ने गरेको थियो । मेटाले अब यो समस्याको समाधान फेला पारेको छ । मेटाले इन्स्टाग्रामको एल्गोरिथ्म परिवर्तन गरेको छ ।
इन्स्टाग्रामको यो एल्गोरिदम परिवर्तन पछि, वास्तविक र मौलिक सामग्री क्रियटरले राम्रो इन्गेजमेन्ट पाउनेछन् । नयाँ एल्गोरिदमले मौलिक सामग्रीलाई बढावा दिनेछ ।
अहिलेसम्म इन्स्टाग्राममा पुनः पोस्ट गरिएका सामग्रीले थप इंगेजमेन्ट प्राप्त गर्दै आएका थिए । यसले गर्दा सामग्री कन्टेन्टको मूल सिर्जनाकर्तालाई नोक्सान पुर्याउने गरेको थियो । । नयाँ एल्गोरिदमले आएपछि अब धेरै फलोअर्स भए पनि कुनै फरक पर्ने छैन् ।
इन्स्टाग्रामले आफ्नो ब्लगमार्फत यस एल्गोरिदमको जानकारी दिएको छ । इन्स्टाग्रामले नयाँ एल्गोरिदमले सबै सिर्जनाकर्तालाई फाइदा पुग्ने र सबैले समान अवसर पाउने बताएको छ । अब मौलिक सामग्री सजेसनमा पनि प्रचार गरिनेछ । अहिलेसम्म रिल्सले फलोअर्स र इन्गेजमेन्टको आधारमा र्याङ्किङ गर्ने गर्दथ्यो तर नयाँ एल्गोरिदमपछि त्यस्तो हुने छैन ।