कीवर्डहरू -

वित्तीय संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ

वित्तीय संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा घर भई हाल कास्कीमा बस्ने नवराज लामिछाने पक्राउ परेका हुन् । 

उनले काठमान्डौं स्थित वित्तिय क्षेत्रसंग सम्बन्धित संस्थाको सूचना प्रणालीहरुमा अनाधिकृत रुपमा पहुँच पुऱ्याउने मनसायले लामो समय देखि निरन्तर प्रयास गरिरहेका थिए ।  

प्रदेश प्रहरी कार्यालय गण्डकी र जिल्ला प्रशासन कार्यालय कास्कीको सहयोगमा साइबर ब्यूरोले लामिछानेलाई पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ६ म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।