कीवर्डहरू -

आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने

आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने

आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा डिजिटल हस्ताक्षरसहितको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु हुने भएको छ । 

बिहीबार क्यान इन्फोटेक २०२४ को उद्घाटन शत्रमा आफ्नो मन्तव्य दिदै सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठले आगामी वर्षदेखि सबै प्रदेशका सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गर्न लागिपरेको बताएका हुन् । 

सबै सरकारी निकायका कामलाई डिजिटल बनाउने उद्देश्यले तयार भएको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ७० वटा सरकारी निकायमा प्रयोग भइरहेको छ । 

लुम्बिनी प्रदेशका सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग भइरहेको छ भने अन्य सरकारी निकायमा यो प्रणाली प्रयोगमा ल्याउन विभागले काम गरिरहेको छ ।