कीवर्डहरू -

ग्यालेक्सी ए १३ स्मार्टफोनमा एन्ड्रोइड १४ रोलआउट

ग्यालेक्सी ए १३ स्मार्टफोनमा एन्ड्रोइड १४ रोलआउट

सामसङले ग्यालेक्सी ए १३ फोरजीमा अपरेटिङ सिस्टम एन्ड्रोइडमा १४ रोलआउट गरेको छ । प्रयोगकर्ताहरूले आफ्नो फोनको सेटिङमा गएर सफ्टवेयर अपडेट मेनुमार्फत फर्मवेयर संस्करण ए १३५एनकेयसययू५डिडब्लूएल५ को रूपमा अपडेट फेला पार्न सक्ने छन् ।

यो नयाँ अपडेटको साथमा धेरै सुधारहरू देखिने छ । यस अपडेटको साथ अब द्रुत प्यानल प्रयोग गर्न सजिलो भएको छ, जसले प्रायः प्रयोग गरिएका सेटिङहरूमा तुरुन्तै लैजान्छ ।

अपडेटसँगै इमोजी लाइब्रेरी अपडेट भएको छ, जसले म्यासेज पठाउन अझ रमाइलो बनाउनेछ । यस बाहेक नयाँ पूर्वनिर्धारित फन्ट, मिडिया प्लेयर विजेटमा डायनामिक वेभफर्महरूका साथ नयाँ लुक तथा लक स्क्रिन वाच विजेटको आकार, शैली, र प्लेसमेन्ट अनुकूलन सुविधा पाइने छ । 

साथै कम्पनीले प्रयोगकर्ताका लागि नयाँ रुप दिँदै केही एपलाई सुधार गरेको छ, जसमा ग्यालरी, इन्टरनेट, मेसेज, फोन र रिमाइन्डर जस्ता एपहरु रहेका छन् । ए १३ ले पाउने एन्ड्रोइड १४ नै अन्तिम ओएस अपडेट हुनेछ ।