कीवर्डहरू -

एप्पलको एयरपड्स ४ सार्वजनिक, ३० मिनेटमा पूर्ण चार्ज हुने

एप्पलको एयरपड्स ४ सार्वजनिक, ३० मिनेटमा पूर्ण चार्ज हुने

एप्पलले आफ्नो 'इट्स ग्लोटाइम’ इभेन्टमा एयरपड्सको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १६ लञ्च गर्नुका साथै एप्पल वाच पनि सार्वजनिक गरेको छ । कम्पनीले नयाँ एयरपड्सलाई एयरपड ४ नाम दिएर लञ्च गरेको हो ।

नयाँ एयरपड्सलाई कम्पनीले एक्टिभ न्वाइज क्यान्सिलेसन सुविधासहित प्रस्तुत गरेको छ । साथै, यसमा फाइन्ड माई फङ्क्शनालिटीका लागि बिल्ट–इन स्पीकर पनि उपलब्ध गराइएको छ ।

एप्पलले प्रयोगकर्ताको कानमा एयरपड्स राम्रोसँग फिट होस् भन्ने उद्देश्यले एडभान्स मोडलिङ टूलको सहायतामा हजारौं कानको विश्लेषण गरेर नयाँ एयरपड्सको डिजाइन तयार गरेको हो ।

नयाँ एयरपड्समा एचटू चिपसेट राखिएको छ, जसले प्लेब्याक र कल साउन्डलाई अझ राम्रो बनाउँछ । एयरपड्स ४ मा कम्पनीले यूएसबी–सीको सपोर्ट पनि दिएको छ । कम्पनीको भनाइमा, यी एयरपड्स केवल ३० मिनेटमा पूर्ण चार्ज हुन्छ ।

एयरपड्स ४ को प्रि–अर्डर सुरु भइसकेको छ । यसको बिक्री सेप्टेम्बर २० देखि सुरु हुनेछ । बेस भेरिएन्टको मूल्य १२९ डलर राखिएको छ भने एक्टिभ न्वाइज क्यान्सिलेसन मोडलको मूल्य १७९ डलरबाट सुरु हुन्छ ।