कीवर्डहरू -

बिल्ट-इन सेलुलर कनेक्टिभिटीसहितको म्याक कम्प्युटरमा काम गर्दै एप्पल एप्पल

बिल्ट-इन सेलुलर कनेक्टिभिटीसहितको म्याक कम्प्युटरमा काम गर्दै एप्पल एप्पल

एप्पल नयाँ रोमाञ्चक प्रोडक्टमा काम गरिरहेको जानकारी बाहिर आएको छ । कम्पनीले केही समयदेखि आफ्नै सेलुलर मोडेम विकास गरिरहेको छ । रिपोर्टअनुसार, एप्पलले छिट्टै बिल्ट–इन (अन्तर्निर्मित) सेलुलर कनेक्टिभिटी भएको नयाँ म्याक कम्प्युटर प्रस्तुत गर्न सक्ने छ ।

ब्लुमबर्गको एक रिपोर्टअनुसार, एप्पल आफ्नो म्याकमा सेलुलर क्षमताहरू थप्ने सम्भावनाबारे विचार गरिरहेको छ, जसले गर्दा प्रयोगकर्ताहरूले वाईफाई हटस्पटको आवश्यकता बिना नै इन्टरनेट एक्सेस गर्न सक्नेछन् ।  

यसका साथै, एप्पलले भविष्यका हेडसेटहरूमा पनि सेलुलर सुविधाहरू थप्नेबारे विचार गरिरहेको छ, जसमा भिजन प्रो एक्सआर हेडसेटको अपडेट पनि समावेश हुनेछ । यदि यो सम्भव भयो भने, नयाँ म्याक कम्प्युटरहरू पनि आइफोन , आइप्याड र एप्पल वाच जस्ता अन्य एप्पल डिभाइसहरूको सूचीमा सामेल हुनेछन्, जसले सेलुलर नेटवर्कमा कनेक्ट गर्न सक्छन् ।  

रिपोर्टअनुसार, यो सेलुलर–इनएबल्ड म्याक सन् २०२६ सम्म उपलब्ध हुने सम्भावना छैन् । एप्पल त्यसबेलासम्म फास्ट इन्टरनेट स्पीड प्रस्ताव गर्ने अपग्रेडेड मोडेम लन्च गर्ने योजना बनाइरहेको छ । सेलुलर कनेक्टिभिटी भएको म्याकबुक हुनु एक ठूलो सुधार हुनेछ, जसले प्रयोगकर्ताहरूलाई वाईफाई खोज्ने चिन्ता बिना कुनै पनि स्थानबाट अनलाइन रहन सक्षम बनाउँने छ ।  

हालका दिनमा म्याकबुक प्रयोगकर्ताहरूले आफ्नो आइफोनको मोबाइल डेटा प्रयोग गरेर इन्टरनेट एक्सेस गर्न सक्छन् । तर, म्याकबुकका लागि एक विशेष योजना हुनु अझ राम्रो हुनेछ, विशेष गरी तपाईं आफ्नो आइफोनको ब्याट्री लाइफ र डेटा सीमा बचाउन चाहनुहुन्छ भने ।  

म्याक कम्प्युटरका लागि यो विचार नयाँ होइन् । तर, यो पहिलो पटक भने होइन, जहाँ सेलुलर कनेक्टिभिटी भएको कम्प्युटर देखिएको हो । केही प्रारम्भिक विन्डोज ल्यापटपहरूमा पहिल्यै फोरजी कनेक्टिभिटी थियो, र यस्ता धेरै मोडेलहरू अहिले पनि छन् जसले फाइभजी सपोर्ट गर्छन् ।  

एप्पलसँग सम्बन्धित अर्को खबरमा, कम्पनीले आफ्नो प्रमुख अपरेटिङ सिस्टमहरूः आइओएस १८.२, आइप्याडओएस १८.२, म्याकओएस १५.२, र अन्यका दोस्रो रिलिज क्यान्डिडेट  भर्सनहरू सार्वजनिक गरेको छ । यसले एआई फीचर्स भएको सफ्टवेयर अपडेट छिट्टै सार्वजनिक हुने संकेत गरेको छ ।  

नयाँ रिलिज क्यान्डिडेटमा आइओएस १८.२, आइप्याडओएस १८.२, म्याकओएस सिकोइया १५.२, भिजनओएस २.२, र टिभीओएस १८.२  समावेश छन् ।