एप्पले प्रयोगकर्ताहरुका लागि आइओएस १७.१.१ अपडेट सार्वजनिक गरेको छ । यो एक सानो अपडेट हो । यसको सहयोगमा, कम्पनीले केही बग समस्याहरू हटाउन प्रयास गरेको छ । यो अपडेट वेटर लक स्क्रिन विजेटमा देखिने गलत हिमपात संकेतलाई ठीक गर्न सार्वजनिक गरिएको हो ।
यो अपडेट आईओएस १७.१ को केही समय पछि प्रस्तुत गरिएको छ । यस अपडेटको साथ प्रयोगकर्ताहरूले नयाँ सुविधाहरू पाएका छन्, जसमा राम्रो एयरड्रप सेयरिंग र राम्रो एप्पल म्युजिक एकीकरण प्रस्तुत गरिएको छ ।
यो नयाँ आईओएस १७.१.१ मार्फत कम्पनीले आइफोन १५ मोडलमा देखिएका समस्या समाधान गर्ने प्रयास गरेको छ ।
सबै आईफोनहरूले यो नयाँ अपडेट इन्स्टल गर्नुपर्ने कम्पनीको सुझाव रहेको छ । यो नयाँ अपडेट प्राप्त गर्न, तपाईंको डिभाइस नवीनतम आइओएस संस्करणमा काम गरिरहेको हुनुपर्छ । यस बाहेक, अपडेट इन्स्टल गर्नका लागि राम्रो कनेक्सन र फुल चार्जिङ हुनुपर्छ ।
कसरी अपडेट गर्ने?
यदि तपाइँ आफ्नो डिभाइस अपडेट गर्न चाहनुहुन्छ भने तपाइँले केहि चरणहरू पालना गर्नुपर्नेछ । अपडेट गर्नुअघि आफ्नो आईफोनको सेटिङ् विकल्पमा जानुहोस् ।
यस पछि तल स्क्रोल गर्नुहोस् र जेनेरलमा ट्याप गर्नुहोस् । यहाँ तपाईंले सफ्टवेयर अपडेटको विकल्प पाउनुहुनेछ, यसमा ट्याप गर्नुहोस् ।
अब तपाईलाई उपलब्ध अपडेटको बारेमा जानकारी दिइनेछ, यसलाई डाउनलोड गर्नुहोस् र इन्स्टल गर्नुहोस् ।
यस पछि आफ्नो पासकोड इन्टर गर्नुहोस् र सबै कन्डिसनहरूमा सहमत हुनुहोस् । अब तपाईले नयाँ अपडेट पाउनुहुनेछ।