कीवर्डहरू -

बेटा प्रयोगकर्ताका लागि एप्पल इन्टेलिजेन्स फिचर सार्वजनिक

बेटा प्रयोगकर्ताका लागि एप्पल इन्टेलिजेन्स फिचर सार्वजनिक

एप्पलले एप्पल इन्टेलिजेन्स फिचर बेटा प्रयोगकर्ताका लागि सार्वजनिक गरेको छ । आईओएस १८.१ मा बेटा अपडेट टेस्टर्सका लागि रोलआउट गरिएको छ । 

पब्लिक बेटा टेस्टर्सले यो अपडेट डाउनलोड गरेपछि नयाँ फिचर्स प्रयोग गर्न सक्नेछन् । एप्पलले सबै एलिजिबल डिभाइसहरूका लागि १६ सेप्टेम्बरमा स्टेबल आईओएस १८ अपडेट रोलआउट गरिसकेको थियो ।

तर एप्पल इंटेलिजेन्स फिचरहरू अझै यस अपडेटको हिस्सा बनेका छैनन् । एप्पल इंटेलिजेन्स फिचरहरूको फाइदा केवल केही विशेष डिभाइसहरूमा मात्र उपलब्ध हुनेछ । यस सूचीमा लेटेस्ट आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्ससहित आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स पनि समावेश छन् । 

यसरी डाउनलोड गर्न सकिन्छ लेटेस्ट अपडेट

यदि तपाईंसँग माथि दिइएको सूचीमा समावेश मोडेलहरू छन् भने, तपाईं बेटा टेस्टर बनेर अपडेट डाउनलोड गर्न सक्नुहुन्छ । तर, नयाँ अपडेट अहिले धेरै देशहरुमा रोलआउट भएको छैन, त्यसैले तपाईंले आफ्नो क्षेत्र अमेरिकालाई चयन गर्नुपर्नेछ । त्यसपछि तपाईंले तल दिइएका सरल चरणहरू पालना गर्नुपर्नेछ ।

– सबैभन्दा पहिले आफ्नो आईफोन वा आईप्याडको ब्याकअप लिनुहोस् ।
– त्यसपछि तपाईंले बेटा डट एप्पल डट कम मा एप्पल आईडी को मद्दतले लगइन गर्दै बेटा टेस्टर बन्नु पर्नेछ ।
– अब आईफोनमा सेटिङ्स एप खोल्नुहोस् र जेनेरलमा ट्याप गर्नुहोस् ।
– अब सफ्टवेयर अपडेटमा ट्याप गरेपछि तपाईंले बेटा अपडेट्स बटनमा ट्याप गर्नुपर्नेछ ।
– यहाँ आईओएस १८ पब्लिक बेटाको चयन गर्नुहोस् र तपाईंले बेटा अपडेट्सको चयन गर्नुपर्नेछ ।
– त्यसपछि 'अपडेट नाऊमा' ट्याप गर्नुहोस् र लेटेस्ट बेटा अपडेट तपाईंको डिभाइसमा इन्स्टल गर्न सक्नुहुन्छ ।