कीवर्डहरू -

आईफोन, आईप्याड र म्याकमा अब जेनेरेटिभ एआई सुविधा उपलब्ध हुने

आईफोन, आईप्याड र म्याकमा अब जेनेरेटिभ एआई सुविधा उपलब्ध हुने

एप्पलले नयाँ सुइट एप्पल इन्टेलिजेन्सको घोषणा गरेको छ । आईफोन, आईप्याड र म्याकमा एआई फिचर उपलब्ध गराउन डब्लुडब्लुडीसी २०२४ मा कम्पनीले एप्पल इन्टेलिजेन्स घोषणा गरेको हो ।

एआईमा आधारित फिचरहरूलाई एप्पल इन्टेलिजेन्सबाट ब्रान्डिङ गरिएको छ । यस अन्तर्गत राइटिङ, फोटो एडिटिङ लगायतका सुविधा हुनेछन् । एप्पल इन्टेलिजेन्स, आईफोन, म्याक, आईप्याडका लागि जेनेरेटिभ मोडलमा आधारित व्यक्तिगत इन्टेलिजेन्स प्रणाली भएको कम्पनीले जनाएको छ ।

एप्पल इन्टेलिजेन्स आईफोन ओएस १८, आईप्याड ओएस १८, म्याक ओएस सिक्वयामा इन्टिग्रेट हुनेछ । एआईले फिचरले प्रयोगकर्ताको दैनिक कामलाई सहज बनाउने एप्पलको विश्वास छ । 
एप्पलका सीईओ टिम कुकले एप्पल इन्टेलिजेन्सले एप्पलका प्रडक्टहरूलाई रूपान्तरण गर्ने बताए । यो एप्पल इन्नोभेसनको नयाँ च्याप्टर भएको उनको भनाइ छ । 

एप्पल इन्टेलिजेन्सको राइटिङ टुलले इमेल, पेज, नोट र अन्य थर्डपार्टी एपमा टेक्स्टलाई रिराइट, फ्रुफरिड, समराइज गर्न दिनेछ । एप्पल इन्टेलिजेन्सबाट नयाँ फोटो र इमोजी तयार गर्न, फोटो एडिङ गर्न, नोटिफिकेसनलाई प्राथमिकीकरण गर्न सकिने छ । 

एप्पल इन्टेलिजेन्ससँगै अब सिरिमा पनि नयाँ डिजाइनमा आउने छ । सिरिमा विभिन्न एआई सुविधाहरू आउने छन् । एप्पल इन्टेलिजेन्सलाई गोपनीयता सुरक्षित हुने तरिकाले डिजाइन गरिएको कम्पनीको दावी छ । यस बाहेक