कीवर्डहरू -

एप्पल आईओएस अपडेट: इमोजीमा कार्टुनको झलक देखिने

एप्पल आईओएस अपडेट: इमोजीमा कार्टुनको झलक देखिने

एएप्पलले अर्को महिना आफ्नो आईओएसको नयाँ अपडेट जारी गर्ने भएको छ । यसको साथसाथै एप्पल प्रयोगकर्ताहरूले धेरै नयाँ फिचरहरू प्राप्त गर्नछन् ।

एप्पलको आईओएस १७.४ को नयाँ अपडेट मार्चमा आउँदैछ । समाचारका अनुसार, एप्पलले अर्को अपडेटमा आफ्ना प्रयोगकर्ताहरूलाई धेरै उत्कृष्ट सुविधाहरू ल्याउँदैछ ।

विशेष गरी टेक्स्ट मेसेज र सोसल मिडिया कुराकानीहरूमा केन्द्रित सुविधाहरू नयाँ अपडेटमा आउने छन् । यी नयाँ सुविधाहरू एप्पल वाच डिभाइससहित आईफोनदेखि आईप्याड र म्याकसम्म सबै उपकरणहरूमा आउँदैछन् । 

नाइन टू फाइभ म्याकको रिपोर्ट अनुसार एप्पलको आगामी अपडेटमा धेरै जसो मानिसहरूले प्रयोग गर्दै आएको सुविधा इमोजीसँग सम्बन्धित छ । कम्पनीले नयाँ ओएस अपडेटमा इमोजीसहित कार्टुनिश फ्लेयर दिनेछ । 

एप्पलले विगत केही वर्षदेखि इमोजीलाई समावेशी बनाउने प्रयास गरिरहेको छ । इमोजी नयाँ युगका स्मार्ट उपकरण प्रयोगकर्ताहरूका लागि नयाँ भाषाको रूपमा देखा परेको छ । टेक्स्टमार्फत कुराकानी गर्न वा सामाजिक सञ्जालमा कुराकानी गर्न होस्, त्यो इमोजी बिना अपुरो हुन्छ ।