एप्पलले चाँडै नै आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्न सक्ने भएको छ । कम्पनीले यसका लागि आफ्नो तयारी पूरा गरिसकेको छ ।
एप्पलले आफ्नो फोल्डेबल फोनबाट सामसङ ग्यालेक्सी जेड फोल्ड, ओप्पो फाइन्ड एन र हुवावे मेट एक्स जस्ता फोल्डेबल स्मार्टफोनलाई टक्कर दिनेछ ।
रिपोर्टहरूका अनुसार कम्पनीको भाँचिने फोन किताब–जस्तै फोल्डेबल डिजाइनसहित आउनेछ । साथै, फोल्डेबल आईफोनका बारेमा भनिएको छ कि यसमा ५.४९–इन्चको कभर डिस्प्ले र ७.७४–इन्चको फोल्डेबल पर्दा हुनेछ । यस फोल्डेबल फोनका बारेमा थप जानकारी पनि बाहिर आएको छ ।
फोनको कभर डिस्प्लेः ५.४९–इन्च, मुख्य डिस्प्लेः ७.७४–इन्च र डिस्प्ले प्रविधिः अल्ट्रा–थिन गिलास (यूटीजी) हुने जनाइएको छ ।
चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीबोमा टिपस्टर डिजिटल च्याट स्टेशनले जनाएको छ कि एप्पलको भाँचिने आईफोनको डिजाइन ओप्पो फाइन्ड एन सिरिजसँग मिल्दोजुल्दो रहनेछ । तर, यसको आकार कम्प्याक्ट हुनेछ । यसमा ५.४९–इन्चको कभर पर्दा हुनेछ भने भाँचिने आईफोनको भित्री पर्दा ७.७४–इन्च हुनेछ । खोल्दा, यसले आईप्याडजस्तै अनुभव प्रदान गर्नेछ ।
एप्पल फोल्डेबल आईफोनका सम्भावित विशेषताहरू
- प्रोसेसरः ए१८ बायोनिक वा एम–शृङ्खला चिप
- सञ्चालन प्रणालीः आईओएस १८
- पछाडिको क्यामेराः ४८ एम्पीको दुई ओटा क्यामेरा सेटअप
- अगाडिको क्यामेराः १२ एमपी सेल्फी क्यामेरा
- ब्याट्रीः ४५०० एमएएच (फास्ट चार्ज हुने सुविधा)
- कनेक्टिभिटी: फाइभजी, वाईफाई सिक्स ई, ब्लुटुथ ५.३
- अन्य विशेषताहरूः एप्पल पेन्सिल समर्थन, फेस आईडी, म्यागसेफ चार्जिङ
रिपोर्टहरूका अनुसार एप्पलको पहिलो फोल्डेबल फोन २०२५ को अन्त्य वा २०२६ को सुरुवातमा सार्वजनिक हुन सक्छ ।
एप्पलको फोल्डेबल डिभाइसमा प्रयोगकर्ताहरूलाई आईफोन र आईप्याड दुवैको अनुभव प्राप्त हुनेछ । रिपोर्टहरूका अनुसार, एप्पलले आफ्नो आगामी फोल्डेबल उपकरणका लागि अल्ट्रा–थिन गिलास आपूर्तिकर्ता पनि फाइनल गरिसकेको छ । यसले स्पष्ट गर्छ कि कम्पनी फोल्डेबल आईफोन सार्वजनिक गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको छ ।
हालसम्म एप्पलले यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन् । तर, आउँदा दिनहरूमा एप्पल फोल्डेबल आईफोनका बारेमा थप जानकारीहरू बाहिर आउन सक्छन् ।