कीवर्डहरू -

एप्पलले ग्लोटाइम इभेन्टमा आईफोन १६ सिरिज सहित के-के नयाँ ग्याजेटहरू लन्च गर्दैछ? यस्तो छ विवरण

एप्पलले ग्लोटाइम इभेन्टमा आईफोन १६ सिरिज सहित के-के नयाँ ग्याजेटहरू लन्च गर्दैछ? यस्तो छ विवरण

सेप्टेम्बर ९ मा एप्पल आफ्नो फ्ल्यागशिप आईफोन १६ श्रृंखला लिएर आउँदैछ । यसको लागि ग्लोटाइम इभेन्ट आयोजना गरिनेछ । इभेन्टमा नयाँ आईफोनहरूका साथै अन्य ग्याजेट्स पनि प्रस्तुत गरिने अपेक्षा गरिएको छ । यसपटकका नयाँ आईफोनहरू एआई विशेषताहरूले सुसज्जित हुनेछन् । आउनुहोस्, ग्लोटाइम इभेन्टमा के–के लन्च हुनेछ भनेर जानौं ।

आईफोन १६ सिरिज

यसमा कुनै शङ्का छैन कि एप्पलको इभेन्टको मुख्य आकर्षण नयाँ आईफोनहरू हुनेछन् । इभेन्टमा आईफोन १६ सिरिजका चार नयाँ मोडेल लन्च गरिने अपेक्षा छ । जसमा आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो, र आईफोन १६ प्रो म्याक्स समावेश छन् । प्रो मोडेलमा वर्तमान मोडेलको तुलनामा डिजाइनमा ठूलो परिवर्तन हुने छैन् । पातलो फ्रन्ट बेजल मात्रै परिवर्तन गरिएको छ । यसपटकका प्रो मोडेल आईफोनमा ठूला डिस्प्लेको प्रस्ताव गरिनेछ । प्रो मोडेल आईफोनमा शक्तिशाली ए१८ चिपको प्रयोग गरिनेछ । भने, बेस मोडेलहरूमा एप्पल ए१८ बायोनिक चिप हुनेछ।

एप्पल वाच सिरिज १०

ग्लोटाइम इभेन्टमा एप्पल नयाँ वाच सीरीज १० पनि प्रस्तुत गर्न सक्छ । नयाँ आईफोनसँगै नयाँ सीरीजको स्मार्टवाच आउनु सामान्य कुरा हो । रिपोर्टका अनुसार नयाँ वेयरेबल स्लिमर बडी र पातलो फ्रन्ट बेजलका साथ आउन सक्छ । एप्पल वाच अल्ट्रासँग मिल्दोजुल्दो ४९ मिमी आकार पनि प्रस्तुत गर्न सक्छ ।

एयरपड्स ४ एप्पल ट्रु वायरलेस हेडफोन बजारमा प्रतिस्पर्धा जारी राख्नका लागि नयाँ मिड–रेन्ज र इन्ट्री–लेवल एयरपड्स ४ विकल्पको घोषणा गर्नेछ । यसमा लाइटनिंग कनेक्रको सट्टा यूएसबी सी पोर्ट, ब्लूटूथ ५.३, थप सुविधाहरूका लागि एचटू चिप र नयाँ कलर विकल्पहरू समावेश हुन सक्छन् ।

एप्प्पल इन्टेलिजेन्स 

वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका क्रममा एप्पलको फोकस एआई विशेषताहरूमा रहेको थियो । यस्तैमा आगामी इभेन्टमा कम्पनीले एआईलाई लिएर आफ्नो भिजनलाई अझ स्पष्ट गर्न सक्छ ।

आईओएस १८ अपडेट इभेन्टको केही समयपछि एप्पलले आफ्नो बेटा परीक्षणको अन्तिम चरणमा आईओएस १८, आईप्याड ओएस १८, म्याकओएस १५, वाचओएस ११, टिभीओएस १८, र भिजनओएस २ बिल्ड क्यान्डिडेट डेभलपर्सका लागि जारी गर्न सक्छ । नयाँ सफ्टवेयर अपडेटमा ती सबै सुविधाहरू समावेश हुनेछन् जसलाई कम्पनीले यस वर्षको सुरुवातमा घोषणा गरेको थियो, जसमा धेरै एआई सुविधाहरू समावेश छन् ।