प्रविधि कम्पनी एपलले आफ्ना प्रयोगकर्ताहरूका लागि आईओएस १७.६.१ को अपडेटेड भर्सन जारी गरेको छ । लगभग १० दिनअघि कम्पनीले आईओएस १७.६.१ प्रस्तुत गरेको थियो ।
आईओएस १७.६.१ ल्याएपछि एडभान्स डेटा प्रोटेक्सन सेटिङ इनेबल–डिसेबल हुने समस्या देखिएको थियो । त्यसैले एप्पलले यो समस्या समाधान गर्न नयाँ अपडेट जारी गरेको हो । लेटेस्ट अपडेट २१जि१०१ बिल्ड नम्बरको साथ आएको छ ।
यदि तपाई पनि यस फीचरमा आउने बगका कारण समस्यामा हुनुहुन्छ भने एपलको लेटेस्ट अपडेट डाउनलोड गर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरू आईओएस १७.६.१ अपडेटका लागि फोनको सेटिङ्समा गई जनरल र त्यसपछि सफ्टवेयर अपडेटमा ट्याप गरी लेटेस्ट अपडेट जाँच गर्न सक्नेछन् ।
एडभान्स डेटा प्रोटेक्सन फीचर के हो ?
एप्पलले दिएको जानकारी अनुसार, एडभान्स डेटा प्रोटेक्सनलाई शेयर गरिने सामग्रीको एन्ड–टू–एन्ड एनक्रिप्सनका लागि डिजाइन गरिएको हो ।
यो फीचर इनेबल गर्दा सहभागीहरूले शेयर गर्ने सामग्री सुरक्षित रहन्छ ।
यो फीचर आईक्लाउड शेयरिङ फीचर जस्तै आईक्लाउड शेयर्ड फोटो, लाइब्रेरी, आईक्लाउड ड्राइभ शेयर्ड फोल्डर र शेयर्ड नोट्सका लागि काम गर्छ ।