एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) को प्रतीक्षा समाप्त भएको छ । डब्लुडब्लुडीसी जुन १० देखि १४ सम्म आयोजना हुँदैछ ।
एप्पलको यो कार्यक्रम यस पटक अन साइटनै आयोजना हुनेछ । डब्लुडब्लुडीसी विगत तीन वर्षदेखि अनलाइन सञ्चालन हुँदै आएको थियो । तर यस पटक डब्लुडब्लुडीसी एप्पल पार्कमा आयोजित हुनेछ ।
यसमा एप्पलले एआईमा ठूलो घोषणा गर्ने अनुमान गरिएको छ । एप्पलले भर्खरै जेनेरेटिभ एआई स्टार्टअप डार्विनएआई खरिद गरेको छ । एप्पलले यसअघि कुनै पनि इभेन्टमा एआईको बारेमा कुरा गरेको छैन् ।
एआइको घोषणा बाहेक, एप्पलले नयाँ आईओएस १८, आईप्याडओएस १८, वाचओएसको लागि अपडेट र डब्लुडब्लुडीसीमा नयाँम्याकओएस संस्करण घोषणा गर्न सक्ने छ । डब्लुडब्लुडीसी २४ ले नयाँ आइओएस, आईप्याड ओएस, म्याकओएस, वाचओएस, टिभीओएस र भिजओएसको जानकारी दिइने छ ।
एप्पलले आफ्नै जेन एआई फिचरका साथ आईफोन १६ लन्च हुन सक्ने धेरै रिपोर्टको दावी छ ।