कीवर्डहरू -

एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सु‍विधा

एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सु‍विधा

एप्पलको पहिलो कम्प्युटिङ हेडसेट भिजन प्रोको प्रि–अर्डर खुला गरिएको छ । एप्पल हेडसेट अमेरिकामा फेब्रुअरी २ मा सार्वजनिक हुँदैछ ।

सार्वजनिक हुनुअघि नै कम्पनीले एप्पल भिजन प्रोको स्पेसिफिकेशनको बारेमा जानकारी दिएको छ ।

पूर्व–अर्डर गर्न, प्रयोगकर्ताहरूसँग फेस आईडी भएको आईफोन वा आईप्याड हुनुपर्नेछ । यसमा अनुहार स्क्यान गर्न सक्ने डिभाइस आवश्यक हुनेछ ।

प्रयोगकर्ताको सही आकार सुनिश्चित गर्न अनुहार स्क्यानिङको आवश्यकता परेको हो । प्रयोगकर्तालाई पर्सनलाइज्ड फिड प्रदान गर्न कम्पनीले हेडसेट खरिद गर्नुअघि साइजलाई ध्यानमा राख्दै आएको छ ।

एप्पल भिजनको बक्समा तपाईले के पाउनुहुनेछ ?

  • एप्पल भिजन प्रो (लाइट सिल, लाइट सिल कुशन, सोलो निट ब्यान्ड सहित)
  • डिस्प्ले कभर
  • डुअल लूप ब्यान्ड (वैकल्पिक ब्यान्ड)
  • बाह्य ब्याट्री
  • पालिस गर्ने कपडा
  • ३० वाट यूएसबी सी पावर एडाप्टर
  • यूएसबी सी चार्ज केबल (१.५ मिटर)


एप्पल भिजन प्रोको विशिषताहरू

यसमा २३ मिलियन पिक्सेल माइक्रो–ओइएलडी थ्रीडी डिस्प्ले प्रणाली समर्थित रिफ्रेस दरः ९० हर्ज, ९६ हर्ज, १०० हर्ज रहेको छ ।  भिजन प्रोमा एप्पल आर वान डुअल–चिपसहित एप्पल एमटू प्रोसेसर प्रयोग गरिएको छ । 

१६ जीबी एकीकृत मेमोरी रहेको यो २५६ जीबी, ५१२ जीबी, १ टेराबाइट भण्डारण विकल्पमा उपलब्ध हुनेछ । भिजन प्रोमा दुई गुणा उच्च रिजोल्युसन मुख्य क्यामेरा, ६ गुणा वर्ल्ड फेसिङ ट्र्याकिङ क्यामेरा, ४ गुणा आँखा ट्र्याकिङ क्यामेरा, ट्रु डेप्थ क्यामेरा, लाइडार स्क्यानर, ४ आइएमयू, फ्लिकर सेन्सर र एम्बियन्ट लाइट सेन्सर जस्ता विशेषता छन् । 

यसको ६०० देखि ६५० ग्रामसम्म रहेको छ । सामान्य प्रयोगको साथ २ घण्टा (भिडियो हेरेर २.५ घण्टा) भिजन प्रोमा ब्याट्रीब्याकअप पाउन सकिने छ । 

एप्पल भिजन प्रो मूल्य

२५६ जीबी भेरियन्ट भिजन प्रोको मूल्य ३ हजार ४९९ अमेरिकी डलर, ५१२ जीबी भेरियन्टको ३ हजार ६९९ अमेरिकी डलर र एक टेराबाईट भेरियन्टको मूल्य ३ हजार ८९९ अमेरिकी डलर तोकिएको छ ।