कीवर्डहरू -

फोल्डेबल आईफोन वा आईप्याड ल्याउने तयारीमा एप्पल

फोल्डेबल आईफोन वा आईप्याड ल्याउने तयारीमा एप्पल

एप्पलले फोल्डेबल आईफोन वा आईप्याड ल्याउन सक्ने बताइएको छ । द सिंगलको रिपोर्ट अनुसार एप्पलले आफ्नो फोल्डेबल डिभाइसमा काम गरिरहेको छ ।

रिपोर्टका अनुसार एप्पलले किताब जस्तै फोल्डेबल डिभाइसमा काम गरिरहेको छ, जसको स्क्रिन साइज ७.६ देखि ८.४ इन्चको बीचमा रहेको छ ।

फोल्डेबल डिभाइस एप्पलको आईफोन वा आईप्याड हुन सक्ने अनुमान गरिएको छ । एप्पलले आफ्नो पहिलो फोल्डेबल डिभाइस २०२६ वा २०२७ सम्म सार्वजनिक गर्न सक्ने छ ।

ब्लग साइट टम्सगाइडको पछिल्लो रिपोर्ट अनुसार, एप्पलले आईफोन फ्लिप फोनमा काम गरिरहेको छ, जुन एप्पलको पहिलो फोल्डेबल डिभाइस हुन सक्छ । 

एप्पल एनालिष्टका मिङ–ची कुओले दावी गरेको अनुसार पहिलो आईफोन फोनमा ८ इन्चको डिस्प्ले हुन सक्छ, जुन ग्यालेक्सी जेड फोल्ड ४ भन्दा बढी हुनेछ । सामसङले ग्यालेक्सी जेड फोल्ड ४ मा ७.६ इन्चको स्क्रिन दिएको थियो ।

 ८ इन्चको आईफोन फ्लिप खुल्दा यसले आईप्याडको रूपमा काम गर्ने उनको भनाइ छ । केही वर्ष पहिले एप्पलले सार्वजनिक गरेको आईप्याड मिनी ट्याब्लेटको स्क्रिन साइज ८.३ इन्च थियो ।

टम्सगाइडको रिपोर्ट अनुसार आइफोन फ्लिपको मूल्य करिब २००० डलर हुन सक्ने विश्वास गरेको छ । पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीहरूले फोल्डेबल फोन ल्याइरहेका छन् । यो दौडमा अब एप्पलले पनि आफुलाई अगाडि ल्याउन लागिरहेको छ ।