कीवर्डहरू -

एप्पलको आईफोनमा के के हुनेछन् फिचर ?

एप्पलको आईफोनमा के के हुनेछन् फिचर ?

एप्पलले केही समयमै आइफोन १६ लाइनअप सार्वजनिक गर्दै छ । यस पटक, सन् २०२४ मा आउने आइफोनको पछिल्लो सिरिजमा डिजाइन–डिस्प्लेदेखि प्रोसेसर, क्यामेरा र ब्याट्रीमा ठूला परिवर्तनहरू हुने अपेक्षा गरिएको छ ।

कम्पनीले ए१७ चिपका साथ आइफोन १६ लाईनअप ल्याउन सक्ने छ । यति मात्र होइन, कम्पनीले प्रिमियम मोडलमा ए १७ प्रो चिपसेट उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ । 

नयाँ चिपसेटसँगै फोनको थर्मल म्यानेजमेन्ट र ब्याट्री प्रविधिमा परिवर्तनहरू देख्न सकिने छ । यसले फोनको प्रदर्शन पनि राम्रो हुनेछ । आइफोन १६ लाई पुरानो आईफोनको जस्तै डाइमेन्सनमा ल्याउन सकिने छ । यद्यपि, प्रो फोनको डिस्प्ले साइजमा नयाँ परिवर्तन देखिन सक्ने छन् । 

६.३ इन्चको स्क्रिन भएको आईफोन १६ प्रो र ६.९ इन्चको स्क्रिन भएको प्रो म्याक्स भेरियन्ट आउने जनाइएको छ । आगामी फोनको रेन्डरसँगै कम्पनीले ४८ मेगापिक्सेल अल्ट्रावाइड लेन्स, ५ एक्स अप्टिकल जुम टेलिप्रिज्म क्यामेरासहितको आईफोन १६ प्रो हुने विश्वास गरिएको छ ।

यस पटक नयाँ आईफोन ब्याट्री सुधारका साथ प्रस्तुत हुनेछ । यसबाहेक, आईफोनमा फास्ट चार्जको समेत सुविधा हुनेछ । 

आईफोन १६ लाईनअप एप्पल आईओएस १८ सँग सार्वजनिक हुन सक्ने छ । एप्पलले आउँदो डब्लुडब्लुडीसी कार्यक्रममा नयाँ अपरेटिङ सिस्टम घोषणा गर्न सक्ने छ ।