कीवर्डहरू -

फेसबुकमा अरूले मेन्सन र हाइलाइट गरेर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द

फेसबुकमा अरूले मेन्सन र हाइलाइट गरेर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द

केही समययता फेसबुकको एक नोटिफिकेशन सेवाले सबैलाई समस्या परेको छ । त्यो सेवा हो, मेन्सन (@Mentions) , फ्लोअर (@Followers) र हाइलाइट (@Highlights) । फेसबुकका कुनै पनि पोष्ट सबै साथीहरूलाई एकैसाथ जानकारी दिन यो सेवा प्रयोग हुन्छ । 

अति आवश्यक सूचना दिन यो सेवा उपयोगी भएपनि अनावश्यक र असम्बन्धित पोष्टमा मेन्सन (@Mentions) , फ्लोअर (@Followers) र हाइलाइट (@Highlights) सुविधाको प्रयोग गरी ट्याग हुने गरेको छ । 

यदी तपाई पनि यस्ता अनावश्यक ट्यागबाट हैराने हुनुहुन्छ भने आज हामी तपाईलको यो सेवा बन्द गर्ने बारे जानकारी दिदैछौं । 

यसका लागि सुरूमा फेसबुकको सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् । त्यसपछि नोटिफिकेसनमा क्लिक गर्नुहोस् र ट्याग विकल्पमा थिच्नुहोस् । त्यसपछि त्यहाँ ब्याच मेन्सन अप्सन देख्नुहुनेछ । त्यसलाई अफ गरेपछि  मेन्सन, फ्लोअर र हाइलाइट समस्याबाट छुट्कारा मिल्ने छ ।