टेक्नो मोबाइल कम्पनीको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख नियुक्त भएका छन् । काठमाडौँको हायात प्लेसमा आयोजित एक कार्यक्रम बिच २ जना क्रिकेटर खेलाडीलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
कार्यक्रममा अतिथिको रुपमा टेक्नो मोबाइल इण्डियाका सिईओ अरिजित तालापात्र साथै पूर्व खेलाडी र क्रिकेटको राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास रहेका थिए । नेपालमा टेक्नोको प्रगति देखेर हर्षित रहेको बताउँदै सन् २०२५ सम्ममा टेक्नो मोबाइल नेपालमा शीर्ष तीन स्थानमा पुर्याउने लक्ष्य कम्पनीले राखेको छ ।
टेक्नो मोबाइलको बारेमा आकर्षक प्रस्तुतीसहित सुरु भएको सो कार्यक्रममा टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो । टेक्नोको मुख्य नारानै 'स्टप एट नथिङ' भएको हुँदा आरिफ शेख र आशिफ शेखले यस नारालाई जीवन्त तुल्याउनेमा कम्पनी विश्वस्त रहेको छ ।
टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले कम्पनीले दुर्गम क्षेत्रबाट कम्पनीलाई चिनाउँदै अहिले उपत्यकामा केन्द्रित रहेकाले एकदमै राम्रो परिणाम पाईरहेको बताए । अरु प्रतिस्पर्धी कम्पनीहरु भन्दा भिन्न तरिकाले काम गरेकाले अहिले नेपालको ७७ ओटै जिल्लामा टेक्नो प्रख्यात रहेको भण्डारीको भनाइ छ ।
‘हामीले कुल बजारको १० प्रतिशत ओगटेका छौँ र हाम्रो लक्ष्य कुल स्मार्टफोन बजारको दोस्रो स्थानसम्म पुग्ने रहेको छ,' उनले भने ।
उक्त अवसरमा आरिफ शेखले एक क्रिकेटरको हैसियतमा टेक्नोको उत्कृष्ट प्रविधिको कदर गरेका थिए । यस्तै आसिफ शेखले टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्ने हुँदा यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको जानकारी दिए ।
यस साझेदारीले युवाहरुको ध्यान पनि आकर्षित गर्ने कम्पनीको आशा छ ।