कीवर्डहरू -

नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नियामक निकाय र सार्वजनिक संस्थानलाई अख्तियारको सुझाव

नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नियामक निकाय र सार्वजनिक संस्थानलाई अख्तियारको सुझाव

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । 

अख्तियारले नियामक निकाय र सार्वजनिक संस्थानलाई दिइएको सुझावमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै सबैखाले कारोबार बैङ्किङ प्रणालीमार्फत हुने गरी आवश्यक प्रबन्ध मिलाउन सुझाव दिएको हो । 

नगदरहित कारोबारलाई प्रोत्साहित गर्ने, एकीकृत खाता मात्र कारोबार हुनेगरी प्रणाली विकास गर्ने तथा एउटा व्यक्तिको कुनै एउटा निकायको आवश्यक विवरणमा अन्य निकाय वा सम्बन्धित संस्थाको समेतपहुँच हुनसक्ने गरी आवश्यक कानूनी, संरचनागत र प्रविधिगत व्यवस्था मिलाई दोहोरोपना हटाउन अख्तियारको सुझाव छ । 

यस्तै हुण्डी, क्रिप्टोकरेन्सीलगायतका अवैध कारोबार नियन्त्रणको लागि नेतृत्व लिने तथा विप्रेषणको आप्रवाह बैङ्किङ प्रणालीमार्फत हुने व्यवस्थाका लागि आवश्यक कार्य गर्ने समेत राष्ट्र बैंकलाई सुझाव दिएको छ । 

राष्ट्रिय परिचयपत्रलाई विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रणालीसँग आबद्ध गर्ने विषयमा अध्ययन गरी एकीकृत प्रणालीको विकास गर्न सहजीकरण गर्न पनि सुझावमा उल्लेख गरिएको छ ।