एक्स (पहिले ट्विटर भनेर चिनिन्थ्यो) मा नयाँ सुविधा ल्याइएको छ । यस सुविधाको नाम पासकी हो ।
यो फिचरको मद्दतले एक्समा प्लेटफर्मका प्रयोगकर्ताहरूको अकाउन्ट पहिलेको भन्दा बढी सुरक्षित हुनेछ ।
पासकी सुविधामार्फत प्रयोगकर्ताहरूलाई आफ्नो अकाउन्टामा लगइन गर्न सजिलो हुनेछ । यो पासवर्डभन्दा बढी सुरक्षित हुने र प्रयोगकर्ताको अकाउन्ट ह्याक गर्न थप कठिन हुने कम्पनीको विश्वास छ ।
यदि तपाई स्मार्टफोन, ट्याब्लेट, ल्यापटप वा फरक डिभाइसहरूमा एक्स अकाउन्टमा लगइन गर्नुहुन्छ भने पासकी सुविधाले फेस आईडी, टच आईडी वा पिन आईडी माग्छ । पासवर्ड बिर्सिए पनि पासकीको मद्दतको लगइन गर्न सकिने छ ।
यसले ह्वाट्सएपमा फिंगरप्रिन्ट सेन्सर जस्तै काम गर्नेछ । ह्वाट्सएपमा रहेको फिंगरप्रिन्ट सेन्सर सक्रिय गरेपछि प्रयोगकर्ताहरूले आफ्नो ह्वाट्सएप अकाउन्ट पहुँच गर्नको लागि पासवर्ड होइन आफ्नो फिंगरप्रिन्ट हाल्नु पर्छ ।
त्यसैगरी, एक्समा पनि प्रयोगकर्ताले लगइन गर्न पासवर्डका अतिरिक्त फेस आइडी, टच आइडी वा पिन प्रयोग गर्न सक्नेछन् । यसबाट प्रयोगकर्ताहरूले पासवर्ड याद गर्न आवश्यक पर्ने छैन् । त्यसकारण अरू कसैले अकाउन्ट खोल्न सक्ने छन् ।