कीवर्डहरू -

किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध

किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध

टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ वटा उत्पादनहरु सार्वजनिक गरेको हो ।

नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ ।

जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपि ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जनाएको छ । यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र ३ हजार १९९ रूपैयाँमा उपलब्ध छ । 

त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मुल्य २ हजार १९९  रूपैयाँ राखिएको छ ।

त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ । यसको मुल्य १ हजार ८९९ रूपैयाँ रहेको छ ।