ओपनएआईले गत वर्ष अक्टोबरमा आफ्नो एआई मोडेलमा सर्च इन्जिन फिचर रिलीज गरेको थियो । कम्पनीले यसलाई च्याटजीपीटी सर्च नाम दिएको थियो । यो फिचरमार्फत कम्पनीले गूगल सर्चलाई प्रतिस्पर्धा गर्ने योजना बनाएको छ । ओपनएआईले सुरुमा यो सेवा च्याटजीपीटी प्लस सब्सक्राइबर्सका लागि मात्र उपलब्ध गराएको थियो । केही महिनाअघि कम्पनीले यो फिचर सबै प्रयोगकर्ताका लागि निःशुल्क बनाएको थियो ।
ओपनएआईले अर्को ठूलो अपडेट दिएको छ । अब च्याटजीपीटी सर्च प्रयोग गर्नको लागि लगइन गर्न आवश्यक हुनेछैन् । यस नयाँ कदमले प्रयोगकर्ताहरूलाई ठूलो राहत दिएको छ । अनुमान गरिँदैछ कि लगइनबिनै सर्च फिचर एक्सेस गर्न मिल्ने यस सुविधाबाट कम्पनीले गूगल सर्चलाई थप कडा चुनौती दिन योजना बनाएको छ ।
ओपनएआईले एक्स (पहिले ट्वीटर) मा पोस्ट गर्दै घोषणा गरेको छ कि अब सबै प्रयोगकर्ताहरूले च्याटजीपीटी सर्च बिना लगइन प्रयोग गर्न सक्छन् । यो अपडेटपछि प्रयोगकर्ताहरूलाई आफ्नो इमेल आईडी वा अन्य व्यक्तिगत विवरण राख्न आवश्यक पर्ने छैन् । यसबाट विशेष गरी ती व्यक्तिहरूलाई फाइदा हुनेछ जो आफ्नो व्यक्तिगत विवरण साझा नगरी फिचर प्रयोग गर्न चाहन्छन् ।
यो फिचर कुनै लगइन बिना पनि च्याटजीपीटी डटकममा प्रयोग गर्न सकिन्छ ।
च्याटजीपीटी सर्चका प्रमुख फिचरहरू
एआई–सञ्चालित सर्च रिजल्ट्सः प्रयोगकर्ताहरूले एआई–पावर्ड जवाफ र वेब स्रोतहरूसहित समरी पढ्न सक्छन् ।
इमेज र रेटिङ्सः यो प्लेटफर्ममा प्रयोगकर्ताहरूलाई मात्र टेक्स्ट आधारित रिजल्ट होइन, इमेज, रेटिङ्स र म्याप डाइरेक्शनहरू पनि उपलब्ध हुन्छन् ।
विश्वसनीय जानकारीः गूगल जस्तै च्याटजीपीटी सर्चले पनि विभिन्न स्रोतबाट जानकारी संकलन गर्छ ।
स्पीड र सजिलो प्रयोगः अब साइन–इन नगरी सर्च फिचर प्रयोग गर्न सकिन्छ ।
च्याटजीपीटी प्लस प्रयोगकर्ताहरूका लागि विशेष सुविधाहरू
च्याटजीपीटी सर्च अब सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध छ । कम्पनीले भनेको छ कि च्याटजीपीटी प्लस सब्सक्राइबर्सका लागि केही विशेष लाभहरू उपलब्ध गराउने योजना छ ।
- एडभान्स भ्वाइस सर्च
- अप–टू–डेट जानकारी
- बेहतर एआई इन्टर्याक्शन
गूगललाई चुनौती दिन्छ च्याटजीपीटी सर्च?
च्याटजीपीटी सर्च फिचर सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क भएपछि यसले गूगल र बिंग जस्ता सर्च इन्जिनलाई प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ । ओपनएआईको यो फिचरलाई पहिले प्रभावकारी एआई ब्राउजरका रूपमा हेरिएको थियो । यसले प्रयोगकर्ताहरूलाई उनीहरूले सोधेका प्रश्नहरूमा सटीक जानकारी प्रदान गर्छ ।