कीवर्डहरू -

बाटो म्याप्सले शार्क ट्यांक नेपालबाट पायो २ करोड ४० लाख लगानी

बाटो म्याप्सले शार्क ट्यांक नेपालबाट पायो २ करोड ४० लाख लगानी

नेपालको आफ्नै म्याप्स बाटो म्याप्स शार्क ट्यांक नेपालबाट २ करोड ४० लाख लगानी प्राप्त गर्न सफल भएको छ । शार्क ट्यांक नेपालमा बाटो म्याप्सले १० प्रतिशत इक्विटीका लागि २ करोड रूपैयाँ माग गरेको थियो । 

तर २ करोड ४० लाखमा ४० प्रतिशत इक्विटी लिने गरी डिल भएको हो । बाटो म्याप्समा शार्कहरू आईएमई ग्रुपका हेमराज ढकाल र निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारियाले लगानी गरेका हुन् । 

बाटो म्याप्समा चार पांग्रे र दुई पांग्रे सवारीसाधन जाने गरी सडकलाई २ भागमा विभाजन गरिएको छ । बाटो म्याप्सको मोबाइल एप अहिलेसम्म २ लाखले डाउनलोड गरिसकेका छन् । यसमा अफलाइन म्याप्स र सार्वजनिक यातायात रूट हेर्ने समेत सुविधा रहेको छ । 

बाटो एप गूगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । बाटोको म्याप्स सुविधा अहिलेसम्म १५ वटा इन्टरप्राइज क्लाइन्टले प्रयोग गरिरहेका छन्, जसबाट १.२ मिलियन एपीआई हिट हुने गरेको छ । 

गूगल म्याप्स भन्दा बाटो म्याप्सको एपीआई ७० प्रतिशत सस्तो भएको कम्पनीको दावी छ । बाटो म्याप्सलाई अझै राम्रो बनाउन अहिलेसम्म २ लाखले योगदान समेत दिइसकेका छन् ।

बाटो म्याप्स मोबाइल एपलाई बिजनेस मार्केटिङ प्लेटफर्मको रूपमा विकास गर्ने गरी यसमा अनुम्यान्टेन्ड रियालिटी र लोकेसन रेलिभेन्ट नोटिफिकेसन समेत राखिएको छ ।