कीवर्डहरू -

बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपो सम्पन्न

बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपो सम्पन्न

बलेयोले आयोजना गरेको बलेयो एक्सपेरियेन्स टेक्नोलोजीः आईटी र लाइफस्टाइल एक्सपोको समापन गरेको छ । एक्सपो फेब्रुअरी ८ देखि १३ सम्म बलेयो स्टोर परिसरमा सञ्चालन भएको थियो ।

सुरूमा पाँच दिनको लागि गर्ने भनेर तय भएको एक्सपो ग्राहकको मागलाई ध्यानमा राख्दै थप एकदिनसम्म सञ्चालन भएको थियो । कार्यक्रममा एक्स्पोले ब्रदरको विश्वव्यापी रूपमा अग्रणी टेक्नोलोजी उत्पादनहरूमा नयाँ आयाम प्रस्तुत गरेको थियो ।

नेक्स्ट जेनरेशन ब्रदर मोनोक्रोम प्रिन्टरहरूको ९ मोडलहरू समेत प्रदर्शनीमा राखिएको थियो । एक्सपोमा प्रवेश निःशुल्क गरिएको थियो । साथै एक्सपोमा सहभागी एक लक्की विनरले एक्स ल्याबको ७० हजार पर्ने ल्यापटप तथा गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । 

६ दिनसम्म चलेको एक्सपोलाई ४३० भन्दा बढीले अवलोकन गरेका थिए । अवलोकन गर्न डिलर, कर्पोरेट ग्राहक, मिडिया प्रतिनिधि, सोसल इन्फल्यूएन्सर र प्रविधिमा रूची राख्नेहरू सहभागी भएका थिए ।