कीवर्डहरू -

मस्कद्वारा एआईको स्मार्टनेसमा आधारहीन दावी, मेटाले जनायो प्रतिक्रिया

मस्कद्वारा एआईको स्मार्टनेसमा आधारहीन दावी, मेटाले जनायो प्रतिक्रिया

एलन मस्क र एआई, दुवै यस्ता विषय हुन् जुन प्रायः चर्चाको विषय बन्छन् । मस्क आफ्नो भनाइका कारण सधैं हेडलाइनमा रहन्छन् र यही प्रवृत्तिलाई निरन्तरता दिँदै उनले फेरि एकपटक यस्तो कुरा भनेका छन्, जसले मानिसहरूको ध् यान तानिरहेको छ ।

मस्कले मार्च १३ मा आफ्नो एक्स पोष्टमा एआई ‘सन् २०२९ सम्ममा सबै मानिसभन्दा स्मार्ट हुनसक्ने’ बताएका थिए । यसले एक्स (पहिले ट्विटर) मा बहस सुरु गरेको छ ।

तर अब यसलाई खण्डन गर्दै फेसबुक पेरेन्ट मेटाका प्रमुख वैज्ञानिक यान लेकानले एक्स मालिकको दाबीलाई यस्तो नहुने भन्दै अस्वीकार गरेका छन् । 

एआईको बारेमा मस्कको दावी पछि, लाकानले आफ्नो एक्स पोस्टमा मस्कको पोस्टको जवाफ दिए र भने कि
'होइन, यदि त्यसो हो भने, २० घण्टाको अभ्यासमा १७ वर्षीय बच्चाले जस्तै एआईले कार चलाउन सिकाउन सक्थ्यो । तर हामीसँग अझै पनि पूर्ण रूपमा स्वायत्त, भरपर्दो सेल्फ–ड्राइभिङ कार छैन् । यद्यपि हामीसँग लाखौं घण्टा लेबल गरिएको प्रशिक्षण डेटा छैन् ।'

मस्कको पोस्ट पछि, निकट भविष्यमा एआई मानिस भन्दा स्मार्ट हुनेछ कि भनेर अनलाइन बहस पनि हुन् थालेको छ । कतिपयले यो दावीलाई समर्थन गरेका छन् भने अरूले यो सिद्धान्तलाई अस्वीकार गरेका छन् ।

हालै, रोगनसँग पोडकास्टको क्रममा, अमेरिकी कम्प्युटर वैज्ञानिक र भविष्यविद् रेमन्ड कुर्जवेलले पनि एआईले २०२९ सन् सम्ममा मानव–स्तरको बुद्धि हासिल गर्ने बताएका थिए । 

कुर्ज्वेलले आफूले सन् १९९९ मा पनि यस्तै कुरा भनेको बताए तर मानिसहरूले उनी “पागल“ रहेको सोचेका थिए । 

“मैले वास्तवमा सन् १९९९ मा भनेको थिएँ," कुर्जवेलले भने। "मैले भनेको थिएँ कि एआई सन् २०२९ सम्म कुनै पनि मानिसको बराबर हुनेछ । विगतको ३० वर्षसम्म मानिसहरूले यसलाई पूर्ण पागलपन ठाने ।

वास्तवमा, स्ट्यानफोर्डको सम्मेलन थियो जहाँ मेलै भनेको भविष्यवाणीको बारेमा कुरा गर्न संसारभरबाट सयौं मानिसहरूलाई आमन्त्रित गरिएका थिऐ र त्यहाँ उपस्थित व्यक्तिहरुले एआई मानिस भन्दा बुद्धिमान हुन् कम्तिमा पनि सय वर्ष लाग्ने निचोड निकालेका थिए ।"

मेटाका प्रमुख वैज्ञानिक लाकानले पहिले एआई विशेषज्ञ र वैज्ञानिकहरूलाई मानव मस्तिष्कलाई टक्कर दिने टेक्नोलोजिकल सेटिङहरू विकास गर्न अझै धेरै समय चाहिने दावी गरेका थिए ।