कीवर्डहरू -

कम शो पाएपछि निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’, अब ओटीटीमा उपलब्ध हुने

कम शो पाएपछि निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’, अब ओटीटीमा उपलब्ध हुने

स्वस्तिमा खड्का र निश्चल बस्नेतको चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लेटफर्ममा आउने भएको छ । 

असोज १७ गते घटस्थापनाको दिन रिलिज भएको ‘बेहुली फ्रम मेघौली’लाई दर्शकको साथ हुँदा हुँदै पनि कम शो दिएको भन्दै बिहीबारदेखि हलबाट उतारिएको थियो । 

राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ र राम्रो अकुपेन्सी हुँदा पनि कम शो पाएपछि हलको विकल्प खोज्ने निश्चल बस्नेतले बताएका थिए । 

अकुपेन्सी कम हुँदा पनि हिन्दी फिल्मलाई नै शो दिईराखेको उनको आरोप थियो । त्यसपछि बिहीबारबा बेहुली फ्रम मेघौली हलमा नलगाउने निर्णय गरेका थिए । 

अब यो फिल्म छिट्टै ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’ मा उपलब्ध हुनेछ । तर अमेरिका, जापान, क्यानडा र सिंगापुरका हलमा भने फिल्म चलिरहेकाले त्यहाँका प्रयोगकर्तालाई ओटीपीमा उपलब्ध हुने छैन् । 

एमएसएम भिडियो नेपाली ओटीटी प्लेटफर्म हो । प्रयोगकर्ताले वेबसाइटका साथै एन्ड्रोइडआईओएसमा उक्त एप डाउनलोड गरेर प्रयोग गर्न सक्ने छन् । अहिले एपमा दिमाग खराब, महाजात्रा र घर ज्वाई चलचित्र हेर्न सकिने छ ।