कीवर्डहरू -

शनिबार चितवनमा टेक मिटअप हुँदै

शनिबार चितवनमा टेक मिटअप हुँदै

चितवनमा टेक मिटअप आयोजना हुने भएको छ । सूचना प्रविधिमा रूची राख्ने युवाहरूलाई लक्षित गर्दै डेभ कम्युनिटी नेपालले टेक मिटअप गर्न लागेको हो । 

मिटअप मंसिर ९ गते भरतपुरको चिया दरबारमा हुनेछ । सूचना प्रविधि रूची राख्ने, विद्यार्थी र प्रोफेसनलाई एकै ठाउँमा ल्याएर अनुभव आदान प्रदान गर्ने उद्देश्यले मिटअप गर्न लागेको डेभ कम्युनिटी नेपालले जनाएको छ । 

टेक मिटअप शनिबार बिहान ८ बजेदेखि सुरू हुनेछ । यसमा ओपन नेटवर्किंग, ग्रुप डिस्कसन, ओपन माइक जस्ता इभेन्टहरु रहेका छन् ।