कीवर्डहरू -

पोखरामा डभलपर्स मिटअप हुँदै

पोखरामा डभलपर्स मिटअप हुँदै

डेभल्पर्स कम्यूनिटी इन पोखराले पीकेआर डभल्पर्स मिटअप आयोजना गर्ने भएको छ । मिटअप मंसिर १० गते नेसनल इनोभेसन सेन्टर सिमपानी १, पोखरामा दिउँसो ४ बजेदेखि सञ्चालन हुनेछ ।

मिटअपमा वक्ताको रुपमा फ्यूज मेशिनका वरिष्ठ डाटा इन्जिनियर सन्तोष सिलवाल रहेका छन् । कार्यक्रममा उनले बिग डेटाले कसरी काम गर्छ, डेटा पाइपलाइन लगायतका विषयमा जानकारी दिनेछन् ।

डेटा व्यवस्थापनमा क्लाउड प्रविधिको महत्त्व बारे पनि मिटअपमा छलफल हुने जनाइएको छ ।