कीवर्डहरू -

वीरगञ्जमा पनि विस्तार भयो भोज, अब अनलाइन फुड डेलिभरी र पार्सल सेवा लिन सकिने

वीरगञ्जमा पनि विस्तार भयो भोज, अब अनलाइन फुड डेलिभरी र पार्सल सेवा लिन सकिने

नेपालको सबैभन्दा लोकप्रिय अनलाइन खाना, किराना, र पार्सल डेलिभरी कम्पनीले भोजले वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । योसँगै अब वीरगन्जका बासिन्दाले अब भोजबाट विभिन्न खाना अर्डर गर्नुका साथै पार्सल समेत पठाउन सक्ने छन् । 

भोजमा न्यूनतम अर्डर नरहेको, छिटो डेलिभरी, प्रयोग गर्न सजिलो एप, उचित डेलिभरी शुल्क, दैनिक विशेष डिलहरू र प्रत्येक अर्डरको साथमा क्यासब्याकको सुविधा पाइने कम्पनीले जनाएको छ । यसले वीरगन्जका ग्राहकहरूका लागि कुशल र सुविधाजनक डेलिभरी सेवा खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँनेछ।

भोज नेपालको अग्रणी अनलाइन फुड डेलिभर कम्पनी हो । यसले काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, भैरहवा, विराटनगर, धरान, इटहरी र वीरगन्जलगायत नौ सहरमा १००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरेको छ।

कम्पनीले गत वर्ष विराटनगरको सबैभन्दा ठूलो खाद्य वितरण सेवा क्विकर फुड्सलाई अधिग्रहण गरेको थियो । यो अधिग्रहणले भोजलाई पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न सक्षम बनाएको छ।