कीवर्डहरू -

बाईटडान्सको ओम्नी ह्युमन १: अब एक फोटोबाट यथार्थपरक भिडियो निर्माण सम्भव

बाईटडान्सको ओम्नी ह्युमन १: अब एक फोटोबाट यथार्थपरक भिडियो निर्माण सम्भव

टिकटकको प्रमुख कम्पनी बाईटडान्स कम्पनीले एआई मार्केटमा प्रवेश गरेको छ । कम्पनीले ओम्नी ह्युमन १ नामक एआई प्लेटफर्म ल्याएको छ । यस एआई फ्रेमवर्कले केवल एक फोटोबाट यथार्थपरक एनिमेटेड भिडियो बनाउन सक्छ । कम्पनीले अनुसन्धान पत्रमा यससँग सम्बन्धित सम्पूर्ण जानकारी प्रदान गरेको छ र थुप्रै भिडियो क्लिप्सका नमुनाहरू पनि साझा गरेको छ ।

यद्यपि यसअघि पनि थुप्रै भिडियो जेनेरेशन टुलहरू उपलब्ध थिए, तर यो टुलले सबैभन्दा उत्कृष्ट भिडियो बनाउन सक्षम रहेको दाबी गरिएको छ । अहिले भने यो प्रयोगकर्ताहरूका लागि उपलब्ध छैन् ।
ओम्नी ह्युमन १ ले एउटा तस्वीर र अडियो नमुनाबाट यथार्थपरक मानव चलायमान भिडियो बनाउन सक्छ । यो इमेजको एस्पेक्ट रेसियोलाई पनि समर्थन गर्दछ, चाहे त्यो पोट्र्रेट होस्, हाफ बडी होस् वा फुल बडी इमेज होस् ।

कम्पनीका अनुसन्धानकर्ताहरूका अनुसार यस विकासमा एआई टुललाई १९,००० घण्टा लामो भिडियो फुटेजमा प्रशिक्षण दिइएको छ । दाबी गरिएको छ कि यो टुल उच्च गुणस्तरका डेटा अभाव भएका अन्य उपस्थित विधिहरूभन्दा राम्रो प्रदर्शन गर्न सक्षम छ । 

ओम्नी ह्युमन १ मा विभिन्न इनपुट स्रोतहरू छन् जसमा इमेज, अडियो, बडी पोज र टेक्स्टुअल विवरणहरू समावेश छन् । यो फरक–फरक परिस्थितिमा पनि राम्रो काम गर्न सक्षम छ । कम्पनीले यस टुलबाट तयार पारिएका केही भिडियो क्लिपहरू पनि साझा गरेको छ । तीमध्ये एक अल्बर्ट आइन्स्टाइनको भिडियो हो, जहाँ उनी कालो–सेतो पृष्ठभूमिमा ब्ल्याकबोर्ड अगाडि व्याख्या गरिरहेका देखिन्छन् । यो भिडियो यही टुल प्रयोग गरेर तयार गरिएको हो ।

यी फुटेजहरू वास्तविक जस्तै देखिन्छन्, जसले यस्तो अनुभव दिन्छ कि व्यक्ति साँच्चै उक्त काम गरिरहेको छ । यसमा अनुहारको भाव तथा शारीरिक हाउभाउ अत्यन्त सटीक देखिन्छन् ।

ओम्नी ह्युमन १ अहिले अनुसन्धान चरणमा छ र यसको सार्वजनिक रिलीज टाइमलाइन स्पष्ट छैन। यो टुल सार्वजनिक रूपमा उपलब्ध भएपछि इउभलब्क्ष् को सोरा, रनवे र पिका जस्ता एआई प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको  छ ।

बाईटडान्सको यो एआई मोडल त्यस्तो समयमा आएको हो, जब सारा विश्व चीनको डीपसीकको चर्चा गरिरहेको छ । हालै सार्वजनिक गरिएको डीपसीक एआईलाई चीनको स्टार्टअपले निकै कम लागतमा विकास गरेको हो, जसले गर्दा यो तुलनात्मक रूपमा सस्तो रहेको छ ।