कीवर्डहरू -

बिवाइडी डल्फिन कारले पायो युरोपको प्रतिष्ठित अवार्ड

बिवाइडी डल्फिन कारले पायो युरोपको प्रतिष्ठित अवार्ड

विद्युतीय सवारी ब्राण्ड बिवाईडीको डल्फिन कारले युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप-२०२४’ अवार्ड जितेको छ । युरोपभरि बिक्री हुने कारमध्ये उत्कृष्टलाई ‘अटोबेस्ट’ ले बेस्ट बाई कार अफ युरोप अवार्ड प्रदान गर्दै आएको छ ।

यस अवार्डका लागि बीआईडीसँगै अन्य धेरै कार निर्माता कम्पनी सहभागी भएका थिए । अस्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसका लागि युरोपभरिका ३१ देशबाट आएका अटोबेस्ट पत्रकारले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन्। 

प्रतिस्पर्धाकाे पहिलो स्थान बीवाईडी, दोस्रो स्थानमा हुन्डाईकाे कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए।डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधि प्रयोग भएको पर्फेक्ट कारको संज्ञा दिइएको छ ।