ब्लुटुथ स्पीकर आजकल प्रत्येक घरमा प्रयोग हुने गरेको छ, मनोरञ्जनदेखि पढाइसम्ममा यी उपकरणहरूको प्रयोग भइरहेको छ । तर यी स्पीकरहरू तपाईंका घरपालुवा जनावरहरूका लागि हानिकारक हुन सक्छन् । यो कुरा हामीले भनेका होइनौं, बरु हालै जेनोडल गरेको एक अध्ययनले प्रमाणित गरेको हो । वास्तवमा, ब्लुटुथ स्पीकरले तपाईंका घरपालुवा जनावरहरूमा नकारात्मक असर पार्न सक्छ ।
मानिस र घरपालुवा जनावरहरू (बिरालो र कुकुर) फरक–फरक रेन्जमा अडियो फ्रिक्वेन्सीहरू सुन्छन् । जबकि हामीले २० हर्ट्जदेखि २० किलोहर्ट्जको सीमामा अडियो फ्रिक्वेन्सीहरू सुन्न सक्छौं, घरपालुवा जनावरहरू, विशेष गरी बिरालोले, ६५ किलोहर्ट्जसम्मको ध्वनि सुन्न सक्छन् भने कुकुरले ४५ किलोहर्ट्जसम्मको ध्वनि सुन्न सक्छन्, जस्तो कि फियर फ्री ह्याप्पी होम्सको रिपोर्टमा उल्लेख छ । यसको सीधा अर्थ यो हो कि हाम्रो घरपालुवा जनावरहरूले त्यस्ता आवाज सुन्न सक्छन् जुन हामीले सुन्न सक्दैनौं ।
ब्लुटुथ स्पीकरले २३,००० हर्ट्जभन्दा माथिको अल्ट्रा–हाई फ्रिक्वेन्सीमा एक निष्क्रिय (आईडल) टोन उत्सर्जन गर्छ, जुन हामीले त सुन्न सक्दैनौं तर बिरालो र कुकुरले यो आवाज सुनिरहेका हुन्छन् । यस निष्क्रिय टोनले उनीहरूमा चिन्ता उत्पन्न गराउने, निन्द्रालाई बिगार्ने गर्न सक्छ र सम्भावित रूपमा उनीहरूको सुन्ने क्षमतामा हानि पु¥याउन सक्छ ।
विशेषज्ञहरूका अनुसार, यी उच्च फ्रिक्वेन्सीहरूको निरन्तर सम्पर्कमा रहनुले घरपालुवा जनावरहरूको व्यवहारमा परिवर्तन र स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन सक्छ । यसले उनीहरूलाई डर, चिन्ता, आक्रामकता, र यहाँसम्म कि स्थायी रूपमा सुन्ने क्षमतामा हानि हुने जस्ता समस्या पैदा गराउन सक्छ । यो अझै गम्भीर हुन पनि सक्छ ।
रिपोर्टले यो पनि सुझाव दिन्छ कि केही उपाय अपनाएर यी समस्याहरूलाई कम गर्न सकिन्छ, जसमा स्पीकरलाई घरपालुवा जनावरको सुत्ने क्षेत्र वा मनपर्ने स्थानबाट टाढा राख्नु, ब्लुटुथ स्पीकरको प्रयोग घटाउनु र प्रयोगमा नभएको बेला स्पीकरलाई पूर्ण रूपमा बन्द गर्नु समावेश छ । यसका अतिरिक्त, सम्भव भए ब्लुटुथ स्पीकरको फ्रिक्वेन्सीलाई एड्जस्ट गर्नु र घरपालुवा जनावरमा देखिने संकेतहरू पहिचान गरेर ब्लुटुथ निष्क्रिय टोनको सम्पर्कलाई घटाउनु पर्छ ।